काठमाडौं-प्रतिनिधिसभा सदस्य निर्वाचनको नतिजा सार्वजनिक हुने क्रमसँगै सरकार गठनको जोडघटाउ आरम्भ भएको छ । नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)को वाम गठबन्धनले स्पष्ट बहुमत पाएपछि सरकार उसैले गठन गर्ने प्रायः निश्चित छ ।


ADVERTISEMENT


तर, एमालेका अध्यक्ष केपी शर्मा ओलीले सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवलाई मधेसबाट बोलाएर सोमबार छलफल गरेका छन् । नेकपा (एमाले) र नेकपा (मााअ‍ेवादी केन्द्र)बीच वाम गठबन्धनले निर्वाचनमा तालमेल मात्र होइन, संयुक्त घोषणापत्र लिएर चुनावमा होमिएर सफलता पनि प्राप्त गरिसकेका छन् ।


ADVERTISEMENT

# # #


चुनावपछि पार्टी एकता गर्ने सहमतिले निर्वाचनमा ठूलो ऊर्जा प्राप्त भएको जनमतले देखाइसकेको छ । तर, सरकार निर्माणका क्रममा रह्का नेकपा (एमाले)का अध्यक्ष ओलीले माओवादी केन्द्रबाहेक मधेसवादी दलसँग मिलेर पनि सरकार बनाउने उद्देश्यले गत शुक्रबार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवसँग छलफल गरेका यादव निकट एक नेताको दाबी छ ।

‘सरकार निर्माणका लागि सहयोग गर्न फोरम नेपालका अध्यक्ष यादवलाई ओलीले आग्रह गर्नुभएको हो’, ती नेताले भने । छलफलमा यादवले संविधान संशोधनलगायत मधेसका अन्य कार्यसूचीको विषयमा एमालेले आफ्नो दृष्टिकोण स्पष्ट पारे मात्र सरकारको बारेमा सोच्न सकिने धारणा राखेका थिए ।

यस विषयमा अध्यक्ष यादवसँग जिज्ञासा राख्दा उनले एमालेका अध्यक्ष ओलीसँग भेटघाट भए पनि सरकार गठनको विषयमा छलफल नभएको बताए ।

उनले भने, ‘भेटघाट र कुराकानी भएको हो तर एमाले र फोरमले मिलेर सरकार बनाउने कुराकानी भएको छैन ।’ संविधान संशोधन लगायतका विषयमा एमालेको स्पष्ट धारणा आउनुपर्ने बताउँदै उनले फोरमलाई सरकारमा सहभागी गराउने हो भने संविधान संशोधनलगायत मधेससँग भएको सहमतिलाई कसरी कार्यान्वयन गर्ने त्यो विषयमा स्पष्ट हुनुपर्ने बताए ।

फोरम नेपालका सहअध्यक्ष राजेन्द्र श्रेष्ठ भने सरकार निर्माणका लागि एमाले पार्टीले आग्रह गरेको हो तर आफ्नो दलले स्वीकार नगरेको बताए ।

सरकार निर्माणको विषयमा एमालेका अध्यक्ष ओलीले आफ्ना दलका अध्यक्ष यादवसँग जिज्ञासा मात्र राखेको बताउँदै नेता श्रेष्ठले “एमालेले माओवादी केन्द्रलाई छाडेर सरकार बनाउँछ जस्तो लाग्दैन, वाम गठबन्धनकै सरकार निर्माण हुन्छ र बहुमतको सरकार निर्माण गर्नका लागि अन्य दललाई पनि समावेश गराउने उद्देश्यले कुरा गर्नुभएको” दाबी गरे।

उनले भने, “हाम्रो लागि सरकार प्राथमिकता होइन। संविधान संशोधनसहित मधेसी, आदिवासी जनजाति, शिल्पी, पिछडिएका वर्गको बारेमा एमालेको धारणा स्पष्ट पार्न भनेका छौं । ”

एमालेका सचिव प्रदीप ज्ञवालीले दुई नेताको बीचमा भेटघाट भए पनि सरकार निर्माणको विषयमा खासै कुराकानी नभएको जानकारी दिए ।

सचिव ज्ञवालीले राष्ट्रियसभाको निर्वाचन, अहिलेको राजनीतिक परिस्थिति लगायतका विषयमा दुई नेताबीच कुराकानी भएको बताए ।

वाम गठबन्धनको सरकार निर्माण हुने भएपछि हरेक दलको समझदारी तथा उनीहरूको कुरा बुझेर सरकार गठन गर्ने बताउँदै उहाँले सरकारमा नआए पनि सद्भाव र समर्थन सबैको रहोस् भन्ने आफूहरूले चाहेको बताए ।