काठमाडौं-जिल्लाबाट प्रतिनिधिसभा र प्रदेशसभामा निर्वाचित सांसदहरुले जिल्लालाई अर्थिक रुपमा समृद्ध बनाउने उद्घोष गरेका छन् । साथै उनीहरुले रोजगारीको सुनिश्चितता गरिने जनाएका छन् ।


ADVERTISEMENT


जिल्लाबाट निर्वाचित सांसदहरुलाई बधाई तथा सम्मान कार्यक्रममा सहभागी तनहुँका क्षेत्र नं १ का प्रतिनिधिसभाका सांसद कृष्णकुमार श्रेष्ठ(किसान), क्षेत्र नं १ का प्रदेश सभाका सांसदद्धय रामबहादुर गुरुङ, हरिबहादुर चुमान र क्षेत्र नं २ प्रदेशसभा क की सांसद आशा कोइरालाले सो कुरामा जोड दिएका हुन् ।


ADVERTISEMENT

# # #


समृद्ध जिल्ला बनाउन र बेरोजगारका कारण बिदेसिनु परेका युवालाई स्वदेशमै रोजगारमुखी बनाउन जिल्लामा उद्योग स्थापना गर्नुपर्ने उनीहरुको भनाइ छ ।

क्षेत्र नं १ का प्रतिनिधिसभाका सांसद कृष्ण कुमार श्रेष्ठले भने,
– राजनीतिभन्दा माथि उठेर विकास निर्माणमा जुट्नुपर्छ ।
-तनहुँ उद्योग वाणिज्य संघको नेतृत्वमा तनहुँ जिल्लालाई औद्योगिक क्षेत्रको रुपमा स्थापना गरेर बेरोजगारलाई रोजगार दिलाउन लाग्नुपर्छ ।
-तनहुँको विकासको लागि लडेर नभई जुटेर मास्टर प्लान नै बनाएर अघि बढ्नुपर्छ ।
-जिल्लाको बन्दिपुर, मिर्लुङ, तनहुँसुर, व्यासगुफा लगायतका पर्यटकीय क्षेत्रको विकासको लागि समेत योजना बनाएर अघि बढ्न आवश्यक छ ।

क्षेत्र नं २ प्रदेश सभाकी सांसद आशा कोइरालाले भनिन्,
-जिल्लालाई सुन्दर बनाउनका लागि पृथ्वीराजमार्ग सडकलाई मापदण्ड अनुरुप लैजान सबै पक्षले पहल गर्नु आवश्यक छ ।
-मुग्लिन देखि कोत्रे सम्मको करिव ७२ किलोमिटर दुरीमा बढी मात्रमा सवारी दुर्घटना हुने भएकोले यसलाई न्यूनिकरण गर्नेतर्फ ध्यान केन्द्रीत गर्नुपर्छ ।

क्षेत्र नं १ प्रदेश सभा क का सांसद रामबहादुर गुरुङले भने,
-उद्योगबिना मुलुकको विकास हुन सक्दैन । अब नीजि क्षेत्रले सरकार चलाउन सक्ने हैसियत बनाउनुपर्छ ।
-नेपाललाई आर्थिक रुपमा माथि उठाउनको लागि सबैको सहयोग आवश्यक छ ।
-बेरोजगारलाई न्यूनिकरण गर्दै विकासित मुलुकसँग प्रतिस्पर्धा गर्नुपर्ने अहिलेको आवश्यकता हो ।

क्षेत्र नं १ प्रदेशसभा क का सांसद हरिबहादुर चुमानले भने,
-जनता समक्ष राखेका प्रतिबद्धता र घोषणापत्रमा उल्लेख गरिएका विकास निर्माणका काम पुरा गर्न प्रतिबद्ध छु ।
-जनताको सुझाव सल्लाह लिएर अघि बढ्नेछु ।

तनहुँ उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष एवं केन्द्रिय सदस्य देवकुमार श्रेष्ठले निजी क्षेत्रलाई व्यवस्थापन, सुशासन र मार्ग निर्देशन गर्दै निजी क्षेत्रमा भएका बाधा अड्काउ फुकाउन र स्वतन्त्र भएर व्यवसाय गर्न सक्ने वातवरण सिर्जना भएमा आर्थिक समृद्धि लाग्न सकिने धारणा राखे ।

सांसदहरुलाई बधाई थाप्न भ्याइनभ्याई
हालै निर्वाचित प्रतिनिधिसभा र प्रदेशसभाका सांसदहरुलाई बधाई थाप्न सोमबार भ्याइनभ्याई थियो । तनहुँका ६ जना साँसदलाई नै बधाइ थाप्न भ्याइनभ्याई भएको हो ।

सोमबार तनहुँ उद्योग वाणिज्य संघद्धारा आयोजित बधाई तथा सम्मान कार्यक्रम, कर्मचारी एकता संयोजन समितिद्धारा नवनिर्वाचित जनप्रतिनिधि सम्मान तथा रमाइलो बनभोज कार्यक्रम र शिशाघाट बजार विकास समिति व्यास ६ शिशाघाटद्धारा आयोजित तीन जिल्ला तनहुँ, लमजुङ र कास्कीका राष्ट्रिय प्रादेशिक एवं स्थानीय जनप्रतिनिधिहरु लाई बधाइ तथा सम्मान कार्यक्रममा सहभागि हुन सांसदहरुलाई दौडधुप थियो ।