रवीन्द्र पन्त, काठमाडौँ– नेपाल पर्यटकीय दृष्टिले संसारकै उत्कृष्ट गन्तब्य स्थल हुँदाहुँदै पनि विभिन्न भौतिक अवरोधहरुका कारण अपागंता भएका ब्यक्तिहरुले पहुचँयुक्त वातावरण नबन्दा यथेष्ठ लाभ लिन नसकेको सरोकारवालाहरुले बताएका छन् ।


ADVERTISEMENT


राजधानीमा शनिबार आयोजित कार्यक्रममा बोल्ने वक्ताहरुले पर्यटनमा अपांगता भएका व्यक्तिहरुको सहज पहुँच बनाउन सके विभिन्न देशबाट अपाङ्गता भएका पर्यटकहरुलाई समेत भित्राउन सकिने संभावना रहेको बताएका छन् ।


ADVERTISEMENT

# # #


नेपाल दृष्टिबिहीन सहयोग संघको सकृयतामा “नेपालमा पहुँचयुक्त समावेशी पर्यटनका प्रबद्र्धनका लागि एक अभियान” नाम दिएर आयोजना गरेको उक्त कार्यक्रममा संस्थाका अध्यक्ष ओमप्रकाश बन्जाडेले अपाङ्गगता भएका व्यक्तिहरुलाई राफ्टिङ लगायतको साहसिक पर्यटनमा सहभागि गराइसकेको अनुभव सुनाउदै नेपालमा अपाङ्गता मैत्री वातावरणको विकासका लागि सरकारी तहबाट नै काम अगाडि बढाउनुपर्ने धारणा व्यक्त गरे ।

कार्यक्रमको प्रमुख अतिथिको आसनबाट नेपाल पत्रकार महासंघका महासचिव रमेश विष्टले अपाङ्गता भएका व्यक्तिहरुको हक अधिकारको सवाल उठान गर्नमा नेपाल पत्रकार महासंघ आजको दिनदेखि संस्थागत सहकार्यमा जुट्ने प्रतिवद्धता जाहिर गरे ।

कार्यक्रम एबिलिस फाउन्डेशनको आर्थिक सहयोगमा सम्पन भएको थयो । कार्यक्रम नेपाल संघले गत कार्तिक ६ गतेदेखी ८ गतेसम्म आयोजना गरेको सबै प्रकारको अपाङ्गता भएका व्यक्तिहरु राफ्टिङ लगायतका साहसिक पर्यटनमा सहभागि भएको भिडियो र फोटोहरु समेत प्रदर्शन गरिएको थियो ।