कृष्णनगर(कपिलवस्तु) –प्रदेश नम्बर ५ को राजधानी कपिलवस्तु बनाउनुपर्ने नवनिर्वाचित सांसदहरुले बताएका छन् ।


ADVERTISEMENT


५ नम्बर प्रदेश को राजधानी बनाउन कपिलबस्तु हरेक दृष्टिकोणले उपयुक्त भएको सांसदद्वय चन्द्रप्रकाश खनाल र बृजेशकुमार गुप्ताले बताएका हुन् ।


ADVERTISEMENT

# # #


कपिलवस्तु पर्यटनमात्र नभई ऐतिहासिक धरोहरको खुला संग्रहालय भएपनि राज्यबाट पछाडि पारिएकाले राज्यले खाएको ऋण तिर्न पनि प्रदेश राजधानी कपिलवस्तु बनाउनुपर्ने नेताद्वयको भनाई छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै कपिलवस्तु निर्वाचन क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्यमा बिजेता चन्द्रप्रकाश खनाल ‘बलदेव’ ले बहसको लागि मात्र नभई कार्यान्वयनका लागि कपिलवस्तुलाई राजधानी बनाउनै पर्ने जिकिर गरे । ‘यसका लागि हामीले फजुल तर्क गरिरहेका छैनौं । हुनुपर्छ भनेर हामीले अरुले बोलेजस्तो बिना आधार बोलेका पनि छैनौं ’ बलदेवले भने, ‘कपिलवस्तु जिल्ला प्रदेश ५को मध्यबिन्दुमा पर्छ । ऐतिहासिक एवं पर्यटनको प्रचुर सम्भावना बोकेको जिल्ला कपिलवस्तु हो ।’

कार्यक्रममै कपिलवस्तु क्षेत्र नं. २ बाट प्रतिनिधिसभामा विजयी नेता बृजेशकुमार गुप्ताले ऐतिहासिक र भौगोलिक हिसाबले कपिलवस्तु राजधानीको लागि उपयुक्त स्थान रहेको तर्क राखे । नेता गुप्ताले भने–‘दाङ र बुटवलको तुलना होइन, तर दाङ किन ?, बुटवल किन ? कपिलवस्तु किन हुदैन ? यसको जवाफ खोज्न जरुरी छ ।’

कार्यक्रममा क्षेत्र नं.१(१) का प्रदेशसभा सदस्य विष्णु पन्थी, २(१) का प्रदेशसभा सदस्य दीर्घनारायण पाण्डेय, २(२) का सांसद धर्मबहादुर लाल श्रीवास्तव, ३(१) का सांसद अर्जुन केसी, प्रतिनिधि सभा ३ का उमेदवार ईश्वर दयाल मिश्र, प्रदेशसभाका उम्मेदवार फजलूर रहमान, जाबेद आलम खान लगायत बामगठबन्धनका नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।