सोलुखुम्बु-खुम्बु प्रवेश गर्ने विदेशी पर्यटकबाट साढे ४ करोड रुपैयाँभन्दा बढीशुल्क उठेको छ । खुम्बु पासाङल्हामु गाउँपालिकाले पछिल्लो तीन महिनामा ४ करोड ४७ लाख १६ हजार रुपैयाँ उठाएको हो ।


ADVERTISEMENT


अक्टोबर १ तारिख देखि खुम्बु प्रवेश गरेबापत एक जना पर्यटक बराबर २ हजार रुपैयाँ उठाउन थालेको गाउँपालिकाका प्रवक्ता लाक्पाछिरि शेर्पाले जानकारी दिए । अक्टोबर १ देखि हालसम्म २२ हजार ३ सय ५८ पर्यटक खुम्बु प्रवेश गरेका छन् । अक्टोबरमा मात्रै १४ हजार १ सय २८ पर्यटकबाट २ करोड ८२ लाख ५६ हजार उठेको शेर्पाले जानकारी दिए ।


ADVERTISEMENT

# # #


नोभेम्बरमा ६ हजार ६ सय ७६ पर्यटकबाट १ करोड ३३ लाख ५२ हजार,डिसेम्बर सुरु भएपछि १५ सय ५४ जना पर्यटकबाट ३१ लाख ८ हजार संकलन भएको गाउँपालिका कार्यालयले जनाएको छ । गाउँपालिकाको तथ्यांकअनुसार अक्टोबरयता मंसिर ८ गतेसम्ममा २२ हजार ३ सय ५८ पर्यटकखुम्बु प्रवेश गरेका छन् ।

पर्यटन प्रवेश शुल्कले सबै वडाबाट योजना र विशेषगरी पर्यटक प्रवद्र्धनमा प्राथमिकता दिई रकम खर्च गरिने गाउँपालिकाको योजना छ । सोही रकम पर्यटक मजदुर, लुक्ला र नाम्चे बजार बाहेक अन्य क्षेत्रको बाटो जोखिमपूर्ण रहेकोले लुक्लादेखि बेस क्याम्पसम्मको बाटो मर्मत सुधार, पर्यटन पूर्वाधार विकास लगायत क्षेत्रमा खर्च गरिने जनाइएको छ ।

प्रवक्ता शेर्पा भन्छन्,‘चालु आर्थिक वर्षका लागि संकलित बजेटका कार्यक्रम बनाउने योजनामा छौं,अब गाउँकार्यपालिकाको बैठकले टुंगो लगाउने छ ।’