काठमाडौं-वीरगञ्जमा कार्यरत भारतीय महावाणिज्यदूत बीसी प्रधानले माओवादी अध्यक्ष प्रचण्डलाई भेटेर चुनावमा जितेकोमा बधार्इ दिएका छन् । माओवादी अध्यक्ष प्रचण्ड चितवनमा रहेको मौका पारेर शुक्रबार साँझ महावाणिज्यदूत प्रधानले भरतपुरकी मेयर रेणु दाहालको निवासमा पुगेर प्रचण्डसँग भेट गरेका हुन् ।


ADVERTISEMENT


प्रचण्डको पारिवारिक स्रोतले दिएको जानकारी अनुसार चितवनबाट निर्वाचन जितेका प्रचण्डलाई बधार्इ ज्ञापन गर्न उनी मेयर निवासमा पुगेका थिए । प्रचण्डको पारिवारिक स्रोतले भन्यो– ‘प्रचण्डलाई बधार्इ दिन समय मागेपछि हामीले समय प्रदान गरेका हौं, एकैछिन भेटेर उनी फर्किएका हुन् ।’


ADVERTISEMENT

# # #


स्रोतका अनुसार भेटमा महावाणिज्यदूत प्रधानले नयाँ सरकारसँग मिलेर काम गर्न भारत ईच्छुक रहेको बताएका थिए ।