काठमाडौँ – चितवन–२ मा प्रतिनिधिसभा सदस्यका लागि आगामी वैशाख १० गते उपनिर्वाचन हुने भएको छ । आइतबार निर्वाचन आयोगले वैशाख १० गते उपनिर्वाचन गर्ने निर्णय गरेको हो ।


ADVERTISEMENT


नागरिकता विवादमा सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको सांसद पद खारेज गरिदिएपछि त्यहाँ पुनः निर्वाचन गर्नुपर्ने भएको हो ।


ADVERTISEMENT

# # #


गत मंसिर ४ गते भएको निर्वाचनमा लामिछानेले निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका उमेश श्रेष्ठलाई भारी मतान्तरले पराजित गरेका थिए । लामिछानेले ४९ हजार २६४ मत ल्याउँदा श्रेष्ठले १४ हजार ९८३ मत पाएका थिए ।