काठमाडौँ – नाडाका अध्यक्ष धु्रव थापाको सभापतित्वमा मिति २०७९ माघ २७ गते नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालको ४६ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलको प्रमुख आतिथ्यतामा सो साधारण सभा काठमाण्डौमा सम्पन्न भएको हो ।


ADVERTISEMENT


साधारण सभालाई सम्बोधन गर्दै अर्थमन्त्री पौडेलले अटोमोबाइल सबैको लागि आवश्यक बन्दै गएको बताए । आर्थिक समृद्धिको लागि अटोमोबाइल क्षेत्रको भूमिका अत्यन्त महत्वपूर्ण हुने र यस क्षेत्रमा व्यवसायीहरुबाट हुँदै आएको प्रयास ठूलो उपलब्धिमूलक भएको भन्दै अर्थमन्त्री पौडेलले व्यवसायीहरुको प्रशंसा समेत गरे । उनले विद्युतीय सवारीको उपभोग बढाउनुपर्ने र यसका लागि धेरै ठाउँमा चार्जिङ स्टेसन सञ्चालनमा ल्याईने बताए ।


ADVERTISEMENT

# # #


उनले वारी साधनलाई विलासी भनिने गरेकोमा आफूहरुको गम्भीर ध्यानाकर्षण भएको समेत बताए । उनले विद्युतिय सवारीको उपयोग बढाउँदा इन्धनको लागि विदेशिने ठूलो परिमाणको विदेशी मुद्रा नेपालमा नै रोक्न सकिने भएकाले आफूहरु व्यवसायीका सुझाव सम्बोधन गर्न प्रयासरत रहने समेत जनाएका छन् ।

स्तरीय प्रदर्शनीस्थल नभएको भन्ने थापाको प्रश्नको जवाफ दिँदै उनले एउटा अन्तर्राष्ट्रिय स्तरको प्रदर्शनीस्थल निर्माण सम्पन्न हुने अन्तिम चरणमा रहेको समेत स्मरण गराउदै काठमाण्डौमा पनि त्यस्तो प्रदर्शनीस्थल निमार्णका लागि प्रयास गरिने बताए ।

उक्त साधारण सभामा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा, नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्ल नेपाल उद्योग परिसंघका कार्यवाहक अध्यक्ष राजेशकुमार अग्रवाल, र नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा बस्तुगत परिषदका सभापति अञ्जन श्रेष्ठ लगायतले आ आफना धारणा राखेका थिए

सो साधारण सभालाई स्वागत गर्दे नाडाका अध्यक्ष ध्रुव थापाले अटोमोबाइल व्यवसाय अहिले ईतिहासकै कमजोर अवस्थामा रहेको र स्थिति अझै सुधार हुन नसकेको बताएन । यस्तो स्थिति सिर्जना हुनुमा विभिन्न कारणहरु जिम्मेवार रहेको उनको धारणा छ । थापाले पछिल्ला वर्षहरुमा नेपालमा नै सवारी साधनहरुको एसेम्बलिङ उद्योग,, ब्याट्री र टायरत्यूव लगायतका सामानहरु नेपाल मै उत्पादन भईरहेको बताउँदै अटोमोवाइल स्पेयर पार्टस र एसेसरिजहरु उत्पादनको राम्रो सम्भावना रहेको स्मरण गराए ।

राज्यले दीर्घकालीन नीति ल्याउन सकेको खण्डमा छिमेकी ठूला मुलुकहरु भारत र चीनमा हाम्रो लागि उत्पादित सामान वजारीकरणको लागि नयाँ बजार बन्न सक्ने उल्लेख गर्दै यस क्षेत्रबाट ठूलो मात्रामा राजस्व र रोजगारी पनि सिर्जना गर्न सकिने उनको भनाई थियो ।

यस्तै नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले अर्थतन्त्र सङ्कुचित हुँदै गएको बताउँदै यसबाट राजस्व खुम्चिने र रोजगारी घट्ने तर्क प्रस्तुत गरे । नेपाल राष्ट्र बैंकले आजै ल्याएको मौद्रिक नीतिको अर्धबार्षिक समिक्षामा केही सकारात्मक विषयहरु रहेको बताउदै अध्यक्ष गोल्छाले अहिलेका अर्थतन्त्रका केही सूचकहरु सकारात्मक देखिएको उल्लेख गरे । साथै उनले भावी अर्थतन्त्रलाई बलियो बनाउनको लागि राज्यले पनि केही जोखिम लिन तयार हुनु पर्ने धारणा राखेका थिए ।

सो सभाका विशेष अतिथि तथा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले सरकार र निजी क्षेत्र सँगसँगै मिलेर जान सकेको खण्डमा मात्र हाम्रो समृद्धिको लक्ष्य पूरा हुन सक्ने बताउदै अहिले सरकारलाइ धेरै निकायमा विभिन्न शिर्षकमा कर तिर्नु पर्ने स्थितिले व्यवसायीलाइ सास्ती भएकोले एकद्वार प्रणालीबाट सेवा सञ्चालन गर्नु पर्ने माग गरेका थिए ।

त्यसैगरी सो सभाका विशेष अतिथि तथा नेपाल उद्योग परिसंघका कार्यवाहक अध्यक्ष राजेशकुमार अग्रवालले सरकारले व्यवसायीहरुको मनोबल उच्च बनाउने खालका कार्यक्रमहरु ल्याउनु पर्ने माग गर्दे अर्थतन्त्रको मेरुदण्डको रुपमा रहेको नेपालको अटोमोवाइल क्षेत्र अघि बढन नसके देश अघि बढन नसक्ने बताएका छन् ।

सोही सभाका विशेष अतिथि तथा नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष एवं बस्तुगत परिसदका सभापति अन्जन श्रेष्ठले नेपालको अर्थतन्त्र एवं अटोमोबाइल क्षेत्रको भूमिकालाई बुझेर पनि समाधानको प्रयाश गर्न सरकार तयार नहुने स्थितिप्रति गुनासो गरेका थिए ।

सो साधारण सभाको अवसरमा नाडाले राजधानीको ट्राफिक व्यवस्थापनमा उत्कृष्ट योगदान दिने ४ जना ट्राफिक प्रहरीहरुलाई कदरपत्रबाट सम्मानित गरेको थियो । नाडाका केन्द्रीय कार्य समिति सदस्य अनुप बरालले सञ्चालन गरेको उक्त साधारण सभामा ३४ औं अङ्कको नाडा अटोमोवाइल ट्रेड डाइरेक्टरी २०२३ समेत सार्वजनिक गरिएको थियो ।