काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकको परिवर्तन उल्टाउनेषड्यहरु देखापर्न थालेको बताएका छन् ।


ADVERTISEMENT


नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले आइतबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले सिंहदरबारको अधिकार गाँउगाउमा पुराउनका लागि भएको आन्दोलन र त्यसपछि प्राप्त संघीयता, गणतन्त्रलाई उल्टाउने षड्यहरु देखापर्न थालेको बताएका हुन् ।


ADVERTISEMENT

# # #


उनले संघीयतालाई बलियो बनाउनका लागि आवश्यक ऐनहरु अघि बढाउनका लागि सरकारको ध्यान केन्द्रीत भएको धारणा राखे । संविधानले व्यवस्था गरेको तीन तहको राज्य संरचनालाई मजबुत तुल्याउन सके आगामी ५ वर्षभित्रै विकास र समृद्धिको मार्गमा धेरै अघि बढ्न सक्ने उनले बताए । उनले बाँकी कानून निर्माण, अन्य विधिगत सुधार र समन्वयात्मक प्रयासहरुमार्फत प्रदेश र स्थानीय तहलाई सबलीकरण गर्न सरकार लागि पर्ने धारणा राखे ।

प्रधानमन्त्री प्रचण्डले आर्थिक क्षेत्रको सुधारलाई उच्च प्राथमिकतामा मात्रै नभई लाइफ एण्ड डेथको सवाल ठानेको बताए । पछिल्लो दुई महिनायता अर्थतन्त्रमा सकारात्मक सुधार संकेत देखिएपनि स्थायी प्रकृतिको भने नरहेको उनको भनाइ छ ।

प्रधानमन्त्री प्रचण्डले देशलाई आर्थिक रुपले समृद्धिको ट्रयाकमा लैजाने सम्भावना रहेकाले सहि नीतिका साथ अघि बढाउनुपर्ने बताए । कार्यक्रममा ’सेजन अवार्ड’ बाट ६ जना पत्रकारहरुलाई पुरस्कृत गरिएको थियो ।