काठमाडौं-जेस लिनगार्डदे इन्जुरी समयमा गोल गरेपछि म्यानचेष्टर युनाइटेड प्रिमियर लिगमा हारबाट जोगिएको छ । मंगलबार भएको खेलमा लिनगार्डले दुई गोल गरेपछि युनाइटेडले बर्नलीसँग २-२ को बराबरी खेल्दै अंक बाँढ्यो । दुई गोलले पछि परेको अवस्थामा लिनगार्ड दोस्रो हाफमा मैदान छिरेर युनाइटेडलाई अंक दिलाएका हुन् ।


ADVERTISEMENT


ओल्डट्राफोर्डमा भएको खेलको तेस्रो मिनेटमै एस्ले बार्नेसले गोल गर्दै बर्नलीलाई अग्रता दिलाएका थिए । ३६ औं मिनेटमा स्टेभेन डेफोरले गोल गर्दै बर्नलीको अग्रता दोब्बर पारे । पहिलो हाफसम्म बर्नली २-० ले अघि रह्यो ।


ADVERTISEMENT

# # #


पहिलो हाफमा २-० ले पछि परेको स्थितिमा लिनगार्ड ज्लाटन इब्राहिमोभिचको स्थानमा मैदान छिरेका लिनगार्डले दुई गोल गर्दै टिमलाई हारबाट जोगाए । उनले ५३औं मिनेटमा पहिलो गोल गर्दै टिमलाई खेलमा फर्काएका थिए । इन्जुरी समयको दोस्रो मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै उनले युनाइटलाई १ अंक दिलाए ।

बराबरीपछि २० खेलबाट ४३ अंक जोडेको युनाइटेड दोस्रो स्थानमा कायम छ । एक खेल कम खेलेको म्यानचेष्टर सिटी ५५ अंकका साथ शीर्ष स्थानमा यथावत छ ।