काठमाडौं-इंग्लिस प्रिमियर लिगमा टोटनह्यामले साउथह्याम्टनमाथि सानदार जित हात पार्दा ह्यारी केनले नयाँ कीर्तिमान बनाएका छन् । मंगलबार भएको खेलमा टोटनह्यामले साउथह्याम्टनमाथि ५–२ को फराकिलो जित निकाल्नेक्रममा ह्यारी केन नायब भए ।


ADVERTISEMENT


टोटनह्यामको जितमा ह्यारी केनले ह्याट्रिक गरेका थिए । उनले खेलको २२, ३९ र ६७ मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरेका थिए । यो सँगै इंल्यान्डका स्ट्राइकर केनले वर्ष २०१७ मा लिग गोल संख्या ३९ पुर्‍याए ।


ADVERTISEMENT

# # #


यो सँगै सन् १९९५ मा एलन सेररको कीर्तिमानलाई उनले भंग गरे । ब्ल्याकबर्नका एलनले सन् १९९५ मा लिगमा एकै वर्ष ३७ गोल गर्दै कीर्तिमान बनाएका थिए ।

केनले क्लब र देशका लागि सन् २०१७ मा ५६ गोल गरे । यो गोल संख्या बार्सिलोनाका अर्जेन्टायन स्ट्राइकर लियोनल मेसीको भन्दा २ बढी हो । मेसीले क्लब र मुलुकका लागि गरी ५४ गोल गरेका थिए । टोटनह्यामका लागि डेल अलीले ४९ र सन हेउन मिनले ५१ मिनेटमा गोल गर्दै टिमलाई जित दिलाए । साउथह्याम्टनका बाउफलले ६४ र टाडिकले ८२ मिनेटमा गोल गरेका थिए ।

जितपछि टोटनह्याम २० खेलबाट ३४ अंक बनाएर लिगको चौथो स्थानमा उक्लिएको छ । साउथह्याम्टन समान खेलबाट १९ अंकसहित १४औं स्थानमा छ ।