काठमाडौं-समस्या समाधानमा चासो नदिएको भन्दै विराटनगरका सिटी रिक्साचालकले महानगरपालिकालाई तीनमहिने अल्टिमेटम दिएका छन् । विराटनगरमा सञ्चालन हुँदै आएका १६ सय ६२ वटा सिटी रिक्साचालकले समस्या दिगो रूपले समाधान गराउन माग गर्दै अल्टिमेटम दिएका हुन् ।


ADVERTISEMENT


मंगलबार पत्रकार सम्मेलन गरी उनीहरूले सिटी रिक्सा सञ्चालनमा वर्षदेखिका समस्या जस्ताका तस्तै रहेको र समाधान हुनुको साटो झन् बढ्दै गएकाले अल्टिमेटम दिनुपरेको बताएका छन् ।


ADVERTISEMENT

# # #


नेपाल ई–रिक्साचालक संघ र ई–रिक्साचालक मजदुर संघले आन्दोलनका लागि संयुक्त जिल्ला संघर्ष समितिसमेत गठन गरेका छन् ।

माग पूरा नभए कडा आन्दोलन गर्ने चेतावनी संयुक्त संघर्ष समितिका अध्यक्ष महेन्द्रप्रसाद श्रेष्ठले बताए । लेखपढ गर्न नजान्ने सिटी चालकलाई सहज रूपले महानगरपालिकाबाटै लाइसेन्स दिने व्यवस्था गरिनुपर्ने, सिटी रिक्सा र पेट्रोलबाट चल्ने सवारीसाधनको बिक्रीमा रोक लगाइनुपर्ने, नम्बर प्लेट स्थानीयकरण गर्नुपर्ने, रुट परमिट र जाँचपास खारेज गरिनुपर्ने, ट्राफिकले लिँदै आएको पाँच सयदेखि १५ सयसम्मको जरिवाना खारेज गरिनुपर्ने माग उनीहरूको छ ।

यस्तै, महानगरपालिकाभित्रका सडकमा सिटी रिक्साका लागि लेन छुट्याइनुपर्ने, ठाउँ–ठाउँमा स्टेसन र चार्जिङ सेन्टर स्थापना गरिनुपर्ने लगायत माग सिटी रिक्साचालकले गरेका छन् ।