काठमाडौं-निर्वाचनपछि बजारमा माग बढ्न थालेको मौका छोपेर उद्योगी व्यवसायीले सिमेन्ट र डण्डी लगायतका निर्माण सामग्रीमा मूल्य वृद्धि गरेका छन् । सिमेन्टको मूल्य प्रतिबोरा एक सय रुपैयाँसम्म वढाइएको छ । डण्डीको मूल्य प्रतिक्वीन्टल पाँच सय रुपैयाँसम्म वढाइएको छ ।


ADVERTISEMENT


इन्धनको मूल्य नवढे पनि यहि मौकामा ट्रक व्यवसायीले समेत भाडा ह्वात्तै वढाएका छन् । नेपाल निर्माण सामग्री व्यापार संघका अध्यक्ष श्रीकृष्ण रिजालले सिमेन्ट, डण्डी जस्ता निर्माण सामाग्री र डुवानी भाडा विना कारण वढेको बताए ।


ADVERTISEMENT

# # #


निर्माण सामग्रीको मूल्य एकै दिन दुई पटकसमेत वढाइएको छ ।-आजको नागरिक दैनिकबाट