काठमाडौं-नेकपा(एमाले) का नेता जीवनराम श्रेष्ठले कालीमाटी-टंकेश्वर सडकखण्डलाई चाँडो कालोपत्र गरिने बताएका छन् ।


ADVERTISEMENT


उक्त स्थानमा स्थानीयवासी सडक विभागका इञ्जिनियरसँग मंगलबार स्थलगत भ्रमण गरेपछि त्यस क्षेत्रमा भएका खाल्डाखुल्डीले आवतजावतमा समस्या भएको बताउँदै कालोपत्रका लागि लागत अध्ययन गर्न इञ्जिनियरलाई निर्देशन दिएका थिए ।


ADVERTISEMENT

# # #


काठमाडौँ निर्वाचन क्षेत्र नं ८ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित श्रेष्ठले देश र जनतालाई समृद्ध बनाउन भौतिक पूर्वाधार, यातायात, पर्यटन क्षेत्रको विकास गर्नुपर्नेमा पनि जोड दिए ।

मुलुकमा रोजगार वृद्धि गर्न यस्ता उत्पादनशील क्षेत्रमा लगानी गर्नुपर्ने बताउँदै उनले स्थानीय तहमा युवा उद्यमशीलता तथा महिलाका लागि घरेलु उद्यमका कार्यक्रम सञ्चालन गर्न विभिन्न आर्थिक परियोजनाको खाँचो भएको औँल्याएका छन् ।

सांसद श्रेष्ठले अल्पकालीन तथा दीर्घकालीन योजनामार्फत सामाजिक सशक्तीकरण सम्भव रहेको विचार व्यक्त गरेका छन् ।

मुलुकमा निर्वाचन सम्पन्न भएपछि संविधान कार्यान्वयनमा सहयोग पुगेको बताउँदै नेता श्रेष्ठले वाम गठबन्धनको सरकार गठन भएपछि संक्रमणकालको अन्त्य हुने विश्वास व्यक्त गरेका छन् ।