काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ ।


ADVERTISEMENT


भेट ओली निवास बालकोटमा जारी छ । दुई नेताबीच नयाँ सरकार गठन लगायतका विषयमा छलफल हुने बताइएको छ । ओली र प्रचण्डवीच मंगलबार साँझ नै भेटवार्ता हुने भनिएपनि हुन सकेको थिएन ।


ADVERTISEMENT

# # #


गत शुक्रबार चितवन गएका प्रचण्ड केही जिल्लाहरुको भ्रमण गरेर ५ दिनपछि मंगलबार मात्र राजधानी फर्केका हुन् ।

यसवीचमा पार्टी एकता संयोजन समितिको बैठक बस्ने भनिए पनि बस्न सकेको छैन ।