काठमाडौँ – हिमालयन बैँक लिमिटेडले सिभिल बैँक लिमिटेडलाई प्राप्ति गरे पश्चात् “हिमालयन बैँक लिमिटेड” को नामबाट एकीकृत कारोबार सरु भएको छ । दुई बैँकबीच आजदेखि कारोबार सुरु भएको हो ।
शुक्रबाए एका कार्यक्रमबीच हिमालयन बैँक लिमिटेडका अध्यक्ष प्रचण्ड बहादुर श्रेष्ठले एकीकृत कारोबार शुभारम्भ भएको घोषणा गरे । उनले प्राप्ति हिमालयन बंैक लिमिटेडलाई थप उत्कृष्टताका साथ समृद्धिको बाटोमा सगैं अगाडि बढ्नका लागि भएको बताए ।
सिभिल बैंकलाई प्राप्ति गरे पश्चात् बैँकको अधिकृत पूँजी रु २६ अर्ब, चुक्ता तथा जारी पूँजी २१.६५ अर्ब, कूल पूँजी ३४ अर्ब र कूल सम्पत्ति ३३४ अर्ब रहने छ भने बंैकको कूल निक्षेप २७४ अर्ब र कूल कर्जा २५० अर्ब रहने छ । यसैगरी आजबाट बैँकले हर्षोल्लासका साथ नेपाल भरि रहेका १८९ शाखाहरु, २० वटा विस्तारित काउन्टर र २६३ भन्दा बढी ब्त्ः द्यययतज हरुबाट आफ्ना ग्राहकहरुलाई सेवा प्रदान गर्नेछ ।
विशेष समारोहलाई सम्बोधन गर्दै बैँकका अध्यक्ष श्रेष्ठले देशविकासको आर्थिक अवस्था एवं प्राप्ति पछि प्राप्त हुने बजार विस्तारको सम्भावना तथा लगानी योग्य वातावरणलाई ध्यानमा राखेर बैँकको बृहत्तर विकास, दिगोपन र सशक्तताका लागि हिमालयन बैँकले सिभिल बंैकलाई प्राप्ति गरेको बताए ।
त्यसै गरी सिभिल बैँक लिमिटेडका अध्यक्ष प्रदीपजङ्ग पाण्डेले दुई बैँकबीचको एकता आगामी दिनमा थप सबल र सक्षम बनाउनका लागि भएको बताए । समारोहमा हिमालयन बैँक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत अशोक शमशेर राणाले अब हिमालयन बैँक देश कै एउटा उत्कृष्ट, सबल तथा ठूलो संस्था बनेकोे बताए । उनले आगामी दिनहरुमा बैँक आफ्ना शेयरधनीहरुलाई उच्चतम प्रतिफल दिन र ग्राहकवर्गलाई समय सापेक्ष नवीन प्रविधियुक्त सेवा सुविधा प्रदान गर्नका लागि केन्द्रित हुने बताए ।
कार्यक्रममा हिमालयन बैँकका महाप्रबन्धक उज्वल राजभण्डारीले यस प्राप्ति प्रक्रियामा साथ र सहयोग पु¥याउनु हुने सम्पूर्ण संघ–संस्थलाई धन्यबाद ज्ञापन गरेका थिए । हिमालयन बैँकले सिभिल बैँकलाई प्राप्ति गरे पश्चात् बैँकको संचालक समितिमा हाल हिमालयन बंैक लिमिटेडकै संचालक समिति रहनेछ भने बैँकको अध्यक्षतामा प्रचण्ड बहादुर श्रेष्ठ नै रहेका छन् ।
त्यसै गरी बैँकको प्रमुख कार्यकारी अधिकृत अशोक शमशेर राणा रहेका छन् । प्राप्ति पश्चात बैंकको केन्द्रीय कार्यालय कमलादी स्थित हालको हिमालयन बैंक लिमिटेडको केन्द्रीय कार्यालय रहेको स्थानमा नै रहेको छ । हिमालयन बैँक लिमिटेडले सिभिल बंैक लिमिटेडलाई १ः०.८०२८ शेयर आदान प्रदान अनुपातमा प्राप्ति गरेको हो ।