काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टीले राष्ट्रपतिको निर्वाचनमा कुनै पनि उम्मेदवारको प्रस्तावक वा समर्थक नबस्ने निर्णय गरेको छ । पार्टीको शुक्रबार बसेको कार्यसम्पादन समितिको बैठकले उक्त निर्णय गरेको अध्यक्ष राजेन्द्र लिङ्देनले जानकारी दिए ।
उनले भने, ‘राष्ट्रपतिको निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टीले अहिले कम्तिमा समर्थक र प्रस्तावक बस्दैन । अन्य विषयमा आगामी दिनमा छलफल हुनेछ ।’ यस्तै उनले राष्ट्रपतिको निर्वाचनमा सहभागी हुने वा नहुने विषयमा पछि निर्णय गरिने बताए ।
केन्द्रीय कार्यसमितिको अर्को बैठक फागुन १८ गते बस्ने अध्यक्ष लिङ्देनले बताए ।
राप्रपा राजसंस्था फर्काउनुपर्ने मागसहित राष्ट्रिय राजनीतिमा आएकाले राष्ट्रपतिको निर्वाचनमा सहभागी नहुन सक्ने अनुमान छ ।