काठमाडौँ – राष्ट्रपतिको उम्मेदवार टुंग्याउन प्रधानमन्त्री निवास बालुवाटारमा चार दलीय बैठक सुरु भएको छ । नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादी पार्टीबीच भर्खरै बैठक सुरु भएको हो ।


ADVERTISEMENT


राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्ने प्रधानमन्त्री पुष्पकमल दाहालको चाहना अनुसार आजको बैठकले राष्ट्रपतिको उम्मेदवारमा सहमति खोज्ने बताइएको छ । यसअघि आजै प्रधानमन्त्री प्रचण्डले नेकपा एमालेका अध्यक्ष केपी शर्माओलीसँग पनि भेटवार्ता गरेका छन् । ओली बाहिरिए लगत्तै काँग्रेस सहित अन्य दलका नेता बालुवाटार प्रवेश गरेका हुन् ।


ADVERTISEMENT

# # #


नेपाली काँग्रेसले राष्ट्रपति आफूले पाउनुपर्ने माग राख्दै आएको छ । यस्तै नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल पनि राष्ट्रिय सहमति गर्ने भए आफ्नो नाममा हुनुपर्ने बताउँदै आएका छन् ।

राष्ट्रपतिको निर्वाचन आगामी फागुन २५ गते हुँदैछ ।