काठमाडौं– ललितपुर प्याट्रिएट्सले ईपीएलको दोस्रो क्वालिफायर खेलमा भैरहवा ग्लाडिएटर्सलाई १३३ रनको चुनौती दिएको छ । दिपेश भण्डारीले उत्कृष्ट ब्याटिङ गरेपछि ललितपुरले सम्मानजनक चुनौती पेश गरेको हो ।


ADVERTISEMENT


टियु क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको ललितपुरले सुरुवाती भने राम्रो गरेको थियो । ललितपुरले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १३२ रन बनाउन सक्यो । ललितपुरका लागि जयकिसन कोल्सवालाले उत्कृष्ट ब्याटिङ गर्दै ४२ रन बनाए । उनले ३७ बलमा ५ चौका र २ छक्का प्रहार गरे ।


ADVERTISEMENT

# # #


ललितपुरका लागि दिपेश भण्डारीले अन्तिम ओभरमा उत्कृष्ट ब्याटिङ गर्दै आफ्नो टिमलाई उकासेका थिए । उनले अन्तिम ओभरमा मात्रै २० रन बनाएका थिए । उनले ९ बलमा २ छक्का २ चौका प्रहार गर्दै २२ रन बनाए । त्यस्तै, ललितपुरका लागि सुन्नी पटेलले २४ र कप्तान ज्ञानेन्द्र मल्लले २० रन बनाए ।

भैरहवाका लागि पुनित मिश्रले २ विकेट लिए । फाइनल प्रवेशका लागि जवाफी ब्याटिङ भैरहवाले केहीबेरमा गर्नेछ । यसअघि नै विराटनगर वारियर्स भने फाइनलमा प्रवेश गरिसकेको छ । भैरहवालाई नै पराजित गर्दै विराटगनर फाइनलमा पुगको थियो ।

आजको विजेताले शनिबार हुने ईपीएलको फाइनलमा विराटनगरसँग खेल्नेछ ।