ललितपुर– समृद्व आधार नेपालले एक दिने निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ । बुधबार समाजसेवी तथा संस्थाकी अध्यक्ष दिक्षा बानियाँको नेतृत्व तथा ललितपुरको गोदावरी नगरपालिका एवम् ह्याम्स अस्पतालको सहकार्यमा सो स्वास्थ्य शिविर सञ्चालन गरेको हो ।


ADVERTISEMENT


अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा नगरपालिकाको भवनमा आयोजित उक्त शिविरमा महिलाहरुले स्तन क्यान्सर तथा पाठेघरको जाँचजस्ता प्रजनन स्वास्थ्य सम्बन्धि परीक्षण गरी स्वास्थ्य लाभ लिएका छन् ।


ADVERTISEMENT

# # #


शिविरमा सेवाका लागि अपेक्षाकृत अनुरुप नै महिलाहरुको सहभागिता रहेको अध्यक्ष बानियाँले बताइन् । ‘हामीले सयदेखि एक सय ५० को हाराहारीमा आमा तथा दिदीबहिनीहरु सेवा लिन आउने आकलन गरेका थियौं’, जानकारी दिदैँ उनले भनिन्, ‘नभन्दै अहिलेसम्म सय जनाभन्दा बढीले सेवा लिइसक्नु भएको छ । र, कार्यक्रम समापन अवधिसम्म यसको संख्या झन् बढ्ने देखिएको छ ।’ उनका अनुसार सेवा लिनेहरुमा २० वर्षदेखि ७० वर्षसम्मका महिला समूह रहेका छन् ।

प्रजनन स्वास्थ्यप्रति महिलाहरु अझै पनि खुल्न नचाहने भएकाले यससम्बन्धि समस्यालाई लुकाउने गरेको उनी बताउँछिन् । ‘त्यसैले यससम्बन्धि चेतनासंगै स्वास्थ्य सेवा समेत प्रवाह गर्ने उद्देश्यले हामीले यस कार्यक्रम आयोजना गरेका हौं’, उनले सुनाइन् । आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने उनको प्रतिबद्वता छ ।

संस्थाको यस किसिमको कार्यक्रमबाट स्थानियमा पनि खुसी छाएको देख्न सकिन्थ्यो। यस किसिमको कार्यक्रमलाई नगरपालिकाले समय–समयमा विशेष महत्वका साथ सञ्चालन गरिनुपर्ने उनीहरुको भनाई छ । समारोहमा समृद्व आधार, नगरपालिका प्रतिनिधि तथा ह्याम्स अस्पतालका कर्मचारी लगायतको उपस्थित रहेको थियो ।