काठमाडौं-सामान्यतया चिडियाखानाका जीवजन्तु बिहान, दिउँसो र अपराह्न आफ्नो समय अनुकूल अवलोकन गर्ने गरिन्छ । रात्रिकालीन अवलोकनको अवसर भने दुर्लभ मानिन्छ । यस्तै दुर्लभ अवसर मुलुककै सदर चिडियाखानाले प्रदान गरिरहेको छ ।


ADVERTISEMENT


साँझ परेपछि पनि चिडियाखानाका जीवजन्तु र तिनका आनीबानी नजिकबाट नियाल्न सकिन्छ ।चिडियाखानाका प्राविधिकले रातको समयमा सक्रिय हुने ‘रात्रिचर जीवु लक्षित’ नाइट गाइडेड टुरुको सेवा दिँदै आएका छन् ।


ADVERTISEMENT

# # #


१ सय २० रोपनी क्षेत्रफलमा फैलिएको चिडियाखानामा हाल विभिन्न १ सय १४ प्रजातिका जीवजन्तु प्रदर्शनीमा राखिएका छन् । तीमध्ये विभिन्न १८ प्रजातिका निशाचर जन्तु छन् । – आजको नेपाल समाचारपत्रबाट