काठमाडौं-पश्चिम अफ्रिकी मुुलुक लाईबेरियाको नयाँ राष्ट्रपतिमा पूर्व फुटवल खेलाडी जर्ज वे निर्वाचित भएका छन् ।


ADVERTISEMENT


निकटतम प्रतिद्वन्द्वी जोसेफ बोकाइलाई पराजित गर्दै ५१ बर्षीय जर्ज विजयी भएको बीबीसीले उल्लेख गरेको छ । निर्वाचनमा कुल खसेको ९८ दशमलव १ प्रतिशत मत मध्ये उनले ६१ दशमलव ५ प्रतिशत मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ ।


ADVERTISEMENT

# # #


योसँगै जर्जले अफ्रिकाको पहिलो महिला राष्ट्रपति एलेन जोनसन सरलिफलाई प्रतिस्थापन गर्नेछन् । लाईबेरियामा पहिलो पटक प्रजातान्त्रिक प्रक्रियाबाट सत्ता हस्तान्तरण हुन लागेको हो ।

यसअघि अफ्रिकाकै सर्वाधिक चर्चित फुटवल खेलाडी जर्जले पेरिस सेन्ट जर्मन, एसी मिलान, चेल्सी र म्यानचेस्टर यूनाईटेड र जस्ता चर्चित फुटबल क्लबमा आबद्ध रहेका थिए ।

फिफा वल्र्ड प्लेयर अफ द इयर र बालोन डिओर जस्ता अवार्डबाट सम्मानित जर्जले सन् २००२ मा खेल जगतबाट सन्यास लिएका थिए । त्यसयता जर्ज सक्रिय राजनीतिमा प्रवेश गरेका थिए ।

निर्वाचित भएलगत्तै ट्वीट गर्दै जर्जले आफ्नो जिम्मेवारीलाई पूर्णत: पालन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।