काठमाडौँ – जनता समाजवादी पार्टी नेपाल (जसपा)ले केन्द्रीय कार्यकारिणी समितिको बैठक आह्वान गरेको छ ।


ADVERTISEMENT


विधान मस्यौदालगायत समानुपातिक सांसदबारे निर्णय गर्न बिहीवार विहान ११ बजेका लागि बैठक आह्वान गरिएको कार्यकारिणी समिति सदस्य शिवलाल थापाले जानकारी दिए ।


ADVERTISEMENT

# # #


जसपाकी सांसद शहनाज रहमानको निधन भएपछि प्रतिनिधिसभातर्फको एक स्थान रिक्त छ । बैठक पार्टी कार्यालयमा बस्ने जनाइएको छ । रासस