• प्रदेश १
  • मधेश प्रदेश
  • बाग्मती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम
  • प्रिति-युनिकोड

Himalaya Post
  • गृहपृष्ठ
  • राजनीति
  • अर्थ/बैंकिङ
  • अन्तर्वार्ता
  • खेलकुद
  • मनोरन्जन
  • विश्व
  • | English Edition |

Select Page




पशुचौपायामा फैलियाे ‘लम्पी स्कीन’ को सङ्क्रमण

Mar 20, 2023 |

पशुचौपायामा फैलियाे ‘लम्पी स्कीन’ को सङ्क्रमण

578
SHARES
ShareTweet

बैतडी– बैतडीको शिवनाथ गाउँपालिकाका विभिन्न वडाका पशुचौपायामा ‘लम्पी स्कीन भाइरल’ रोग फैलिएको छ । गाउँपालिकाको वडा नम्बर १, २ र ४ मा यो रोगको सङ्क्रमण फैलिएको हो । यी वडाका करिब ६० पशु चौपायामा यो रोगको सङ्क्रमण फैलिएको गाउँपालिकाका पशु शाखा प्रमुख प्रकाशसिंह साउँदले जानकारी दिएका हुन् ।


ADVERTISEMENT


वडा नम्बर १ मा आठ, २ मा २५ र ४ मा २० पशुचौपायामा यो रोग देखिएको हो । दुई हप्ता अगाडि देखिएको यो रोगबाट गाई र गोरु बढी सङ्क्रमित भएका छन् । नब्बे प्रतिशत गोरु र १० प्रतिशत गाईमा यो रोग देखिएको छ । यो रोग लाग्दा पशुका खुट्टाका जोर्नी फुल्ने, ज्वरो आउने, शरीरको छालामा फोका उठ्ने, र्‍याल र सिँगान काँड्ने, गर्भीणी पशु तुहिने र दुहुनो गाईले दूध कम दिने समस्या देखा पर्ने गर्दछ ।


ADVERTISEMENT

# # #


सङ्क्रमण बढेपछि पशुचौपाया मर्नेसमेत गर्दछन् । रोग नियन्त्रण बाहिर गइसकेकाले प्राथमिक उपचार सुरु गरिएको प्रमुख साउँदले बताए । यो रोग निको पार्नेसम्बन्धी कुनै सुई छैन । उनले भने, ‘उक्त रोगबाट ग्रसित रहेका पशुका लागि ठोस उपचार छैन, सामान्य एन्टिबायोटिक दिने काम सुरु गरेका छौँ, बेटाटिन तथा ड्रेसिङ पनि गर्ने गरेका छाँ ।’

यो रोग लागिसकेपछि पशु चौपायालाई कम्तीमा २१ दिन क्वारेन्टिनमा राख्नुपर्ने बताइएको छ । सङ्क्रमण बढिरहेको भए पनि हालसम्म पशु भने मरेका छैनन् । पशुचौपायामा यो रोग फैलिएको बारे पशु सेवा विज्ञ केन्द्र पाटन बैतडी, प्रदेश सरकारलाई पनि जानकारी गराइसकेको शिवनाथ गाउँपालिकाका अध्यक्ष कर्णसिंह साउँदले जानकारी दिए ।

यो रोगले थप समस्या लिनसक्ने भएकाले नियन्त्रणका लागि पहल थालिएको हो । लम्पी भाइरल रोग नेपालमा २०७७ सालमा मोरङबाट फैलिएको होे । यसपछि चितवनमा देखा परेको सो रोग बैतडीको शिवनाथमा पनि देखा परेको जनाइएको छ । रोग नियन्त्रण गर्न किसानले भुसुना, किरा र लामखुट्टे नियन्त्रणका लागि गोठको सरसफाइ, भकारो (पर्सो) व्यवस्थापन र चरन क्षेत्रको ख्याल गर्नुपर्ने हुन्छ । यो रोग झिङ्गा, मच्छर र किर्नाले टोकेमा वा दानापानी, चरन क्षेत्र र पशुको आपसमा सङ्सर्गका माध्यमबाट फैलिने भएकाले सचेत रहन सबैमा अपिल गरिएको छ ।



#
#

#









#




#

#


Share:

Rate:

Previousकुन-कुन क्याम्पसमा कुन संगठनकाे विजयी (सूचीसहित)
Nextचैत १२ गतेभित्र स्ववियु निर्वाचन सम्पन्न गर्न त्रिविकाे निर्देशन

ताजा खबर

  • नेपालको अनौपचारिक बजार : पारदर्शीता र नियन्त्रणको प्रश्न
  • रिकण्डिसन व्यवसायीका समस्याबारे यातायात मन्त्रीको ध्यानाकर्षण, बजेटमै समेट्ने आश्वासन
  • ५५ वर्षको उमेरमा नागरिकता !
  • पोखरामा विद्युतीय माइक्रो दुर्घटना, ३ जनाको मृत्यु
  • एसपी आचार्यको कमाण्ड रहेको गणमा डीआईजी पौडेल ! नेपाल प्रहरी विशेष सुरक्षामा अब्बल तयारी

#
#
#
#
#
#
#
#
#
#
#
#

#

#
#
#

#
#
#

हिमालय पोष्ट

प्रकाशक –

लजिक मिडिया प्रा.लि.

ठेगाना – काठमाण्डौ – ४ , बालुवाटार
फोन नं. – +977-1-5705523
www.himalayapost.com

सूचना विभाग दर्ता प्रमाणपत्र नं. १७२ / ०७३ – ७४

ईमेल –
[email protected], [email protected], [email protected]

लजिक मिडियाद्वारा सञ्चालित हिमालय पोष्ट अनलाईन न्यूज पोर्टलका लागि :

अध्यक्ष / प्रधान सम्पादक – लोमस चापागाई

प्रबन्ध निर्देशक / सम्पादक – मिलन भण्डारी

डेस्क सम्पादक – रामचन्द्र पाण्डे

लेखकहरु –
डा. सुरेन्द्र झा
यादबकुमार भट्टराई
गोबिन्द ज्ञवाली
कुसुम भट्टराई


हाम्रो बारे – सम्पूर्ण टिम

© Logic Media Pvt. Ltd. 2017-2025 | All Rights Reserved