व्यक्तिको स्वस्थ स्वास्थ्य शारीरिक पक्षमा मात्रै निर्धारित रहदैन । स्वस्थ स्वास्थ्यले शारीरिकसंगै अन्य पक्षलाई समेत समेटिएको हुन्छ । विश्व स्वास्थ्य संगठनका अनुसार, कुनै पनि व्यक्ति स्वस्थ रहनु भनेको शारीरिक रुपमा मात्र नभई मानसिक एवम् सामाजिक रुपमा समेत सबल रहनु हो ।


ADVERTISEMENT


यस अर्थमा पनि स्वस्थ जीवनशैलीका निमित्त मानसिक स्वास्थ्य निकै नै महत्वपुर्ण पक्ष हो । शारीरिक र मानसिक स्वास्थ्य एक आपसका परिपूरक पनि हुन् । उदाहरणका लागि मानसिक समस्या देखिएका व्यक्तिमा शारीरिक समस्या पनि देखिन्छ भने, यसको ठिक विपरीत शारीरिक समस्या देखिएका व्यक्तिमा मानसिक समस्या देखिने सम्भावना पनि उच्च रहन्छ ।


ADVERTISEMENT

# # #


यसकारण पनि हामीले स्वस्थ्य जीवनशैली जिउनका लागि शारीरिक सगसंगै मानसिक स्वास्थ्यको समेत अत्यन्तै ख्याल राख्नुपर्छ । अझ, वर्तमान अवस्थाको व्यस्त जीवनशैलीका कारण अधिकांश व्यक्तिहरु तनावयुक्त जीवन यापन गरिरहेका हुन्छन् । तसर्थ यस्ता तनावयुक्त जिन्दगीबाट राहत पाउन हामीले अझ आफ्नो मानसिक स्वास्थ्यको विशेष ध्यान राख्नुपर्ने देखिन्छ ।

व्यक्तिलाई मानसिक समस्या परे/नपरेको कसरी थाहा पाउने ?

कुनै पनि व्यक्तिले आफुलाई परेको तनावलाई व्यवस्थित गरेर त्यसबाट बाहिर आउन सक्छ भने सो व्यक्ति मानसिक रुपमा स्वस्थ छ भनेर बुझ्न सकिन्छ । अर्थात्, सहज परिस्थितिमा पनि सहज प्रतिक्रिया जनाउन सक्षम हुनु नै सबल मानसिक स्वास्थ्यको संकेत हो ।
यद्यपि यसै तनावलाई हामीले उचित रुपमा व्यवस्थापन गर्न नसक्दा त्यसले उग्र रुप लिई अन्य मानसिक समस्या समेत निम्त्याएको देखिन्छ ।।व्यक्तिमा देखिएको त्यस्ता समस्या मुख्यतयाः निम्न ४ पक्षबाट पहिचान गर्न सकिन्छः

१. वैचारिक पक्ष :

बारम्बार एउटै सोच आइरहनु, विगत वा भविष्यका कुराले सताउनु र आफैलाई गलत ठान्नु ।

२. भावनात्मक पक्ष :

उदास हुनु, दिक्क लाग्नु, अत्याधिक डर लाग्ने, निराश हुनु, अनावश्यक चिन्ता लिनु र डराउनु ।

३. शारीरिक पक्ष :

मुटुको चाल तेज हुन्, टाउको दुख्ने, भारी हुने, सन्चो नभएको भान हुनु, शरीर आलस्य हुनु, शरीरमा ऊर्जा नहुनु र कहिलेकाहीँ बेहोससम्म हुनु । यसबाहेक व्यक्तिको जैविक कार्यप्रणालीको गडबढि हुनु जस्तो भोक वा खान मन नलाग्नु र निन्द्रा नलाग्नु ।

४. व्यवहारिक पक्ष :

आत्महानी र आत्महत्याको प्रयास, छिट्टो रिस उठ्नु, रुन मन लाग्नु र बालबालिकाको हकका औला चुस्न थाल्नु वा ओछ्यानमा पिसाब फेर्न थाल्नु ।

हामीले के बुझ्न आवश्यक छ भने, माथि उल्लेखित समस्या देखा परेको प्रत्येक व्यक्ति मानसिक रोगी हुदैँनन् । यसका लागि हामीले सर्वप्रथम उनीहरुको आवश्यक चेक जाँच गराउनुपर्छ । यदि आवश्यक चेक जाँचको बाबजुद पनि केहि समस्या देखा नपरेको खण्डमा भने, हामीले एक पटक अनिवार्य रुपमा मनोविद्को परामर्श लिनुपर्छ ।
यद्यपि तनावबाट छुटकारा पाउनका निम्ति व्यक्तिले अपनाउन सकिने उपायहरु निम्न रहेका छन्ः

१. दैनिक कार्यतालिका बनाउने

२.आफ्नो अधिक समय सामाजिक सञ्जालमा नखर्चिने

३. चिन्ताभन्दा चिन्तन गर्ने बानी बसाल्ने

४. आत्मविश्वास बढाउने तथा प्रेरणादायी लेखहरु पढ्ने

५. नियमित योगा वा व्यायाम तथा गर्ने

६. उचित पौष्टिक आहारको सेवन

७. पानी प्रशस्त पिउने

८.धुम्रपान र मद्यपान सेवनबाट टाढै रहने

९. आफ्ना साथीभाई एवम् आफन्तको सम्पर्कमा रहने

९. सिर्जनात्मक कार्यमा समय व्यतीत गर्ने ।