काठमाडौँ– ‘युनाइटेड नेशन्स मल्टि डाईमेन्शनल इन्टिग्रेटेड मिशन इन द सेन्ट्रल अफ्रिकन रिपब्लिक (मिनुस्का)’ मा नेपाली शान्ति सेनाको टोली प्रस्थान गरेको गरेको छ ।


ADVERTISEMENT


संयुक्त राष्ट्रसंघको आव्हानमा शान्ति स्थापनार्थ विगतदेखि नै युएनमिसमा सहभागी भई द्वन्दग्रस्त मुलुकहरुमा शान्ति स्थापना कार्यमा महत्वपुर्ण योगदान पुर्‍याउँदै आईरहेको ‘कार कन्ट्री– सेन्ट्रल अफ्रिका’ मा तैनाथ नेपाली सेनाको अदलीबदलीका लागि आइतबार १६८ नेपाली शान्ति सैनिकहरुको पहिलो टोली कार प्रस्थान गरेको हो ।


ADVERTISEMENT

# # #


हाल मिनुस्कामा श्री जबरजंग गणको चौथो डफ्फा तथा श्री सैनिक प्रहरी युनिटको सातौं डफ्फा शान्ति सेना तैनाथ रहेका छन् । अदलीबदलीका लागि प्रमुख सेनानी रित बहादुर रानाभाटको नेतृत्वमा श्री भवानीबक्स गणका सेना जवानहरु इथिओपियन एयरलाइन्स मार्फत मिशन इलाका प्रस्थान गरेको हो ।

यस्तै, उक्त मिशनमा यसअघि तैनाथ श्री जबरजंग गणको चौथो डफ्फा तथा श्री सैनिक प्रहरी युनिटको सातौं डफ्फा शान्ति सेना हिजो नै स्वदेश फिर्ता भएको सेनाले जनाएको छ ।

नेपाली सेनाले कोभिड–१९ महामारीका बाबजुद पनि सम्पुर्ण सुरक्षा सतर्कताकालाई ध्यानमा राख्दै शान्ति स्थापना कार्यलाई निरन्तरता दिने नीति अनुरुप अदली बदली प्रक्रियालाई क्रमबद्ध रुपमै प्राथमिकतामा राखेको थियो ।