काठमाडौँ– टिभिएस मोटर कम्पनीको लागि नेपालको एक मात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले एन्टर्क ओनर्स ग्रुप (एनओजी) राइड सम्पन्न गरेको छ ।


ADVERTISEMENT


मोटर्सले गत शनिवार नक्साल शोरुमदेखि नगरकोट (नगरकोट सांग्रिला रिसोर्ट) सम्म सो राइड सम्पन्न गरेको हो ।


ADVERTISEMENT

# # #


करिब ५० जना राइडरहरुको उपस्थितमा सम्पन्न उक्त राइडमा सहभागीहरु बीच विभिन्न गेमहरु पनि खेलाइएको थियो । साथै सहभागी सम्पूर्ण राइडरहरुलाई सहभागिताको प्रमाणपत्र प्रदान गरिनुको साथै एक अनुशासित राइडरलाई मेडल पनि प्रदान गरिएको थियो ।

आयोजकका अनुसार, सम्पूर्ण सुरक्षा सावधानीहरुका साथ नेपाल सरकारको अनुमति लिएर सञ्चालन गरिएको सो राइडमा प्राविधिक टिमले विभिन्न सडक सुरक्षाको बारेमा जानकारी प्रदान गर्नुको साथै राइडरले अपनाउनुपर्ने नियम र सुरक्षाको जानकारी समेत प्रदान गरिएको थियो ।