काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री बनाइदिनुपर्यो भन्दै आफू एमाले अध्यक्ष केपी शर्माओली निवास बालकोट नगएको जिकिर गरेका छन् । सोमबार प्रतिनिधिसभामा आफूलाई विश्वासको मत दिइयोस् भन्दै पेश गरेको प्रस्तावमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिनेक्रममा प्रधानमन्त्री प्रचण्डले उक्त दाबी गरेका हुन् ।


ADVERTISEMENT


उनले गत पुस १० गते प्रधानमन्त्री बन्नुअघि काँग्रेस नेतृत्वको गठबन्धनमा नै बल गरे पनि एमालेले प्रधानमन्त्री बन्न प्रस्ताव गर्दै बोलाएपछि आफू बालकोट गएको जिकिर गरे ।


ADVERTISEMENT

# # #


उनले भने, ‘एमालेका अध्यक्ष र अन्य साथीहरुलाई म भन्न चाहन्छु, खोज्दै, मलाई प्रधानमन्त्री बनाइदिनुपर्यो भन्दै गएको त होइन । तपाईंहरुले केही समयदेखि बल गर्दै हुनुहुन्थ्यो, आइदिएहुन्थ्यो भनेर । मचाहीँ अन्तिम समयमा पनि यतै (काँग्रेस नेतृत्वको गठबन्धनमा) बल गर्दै थिएँ । त्यसकारण म खोज्दै गयो भन्नु सत्य होइन । तपाईंहरुले अनेक गरेर बोलाउनुभयो ।’ यद्दपि आफू बालकोट जानुपर्ने स्थिति बनेपछि गएको उनले तर्क गरे ।

उनले आफूलाई प्रधानमन्त्री बनाएर एमाले र ओलीले यसअघिको ऋण तिरेको र एउटा अझै बाँकी रहेको जिकिर गरे । प्रधानमन्त्री प्रचण्डले आलीतर्फ हेर्दै भने, ‘मैँले तपाईंलाई दुई-दुई पटक प्रधानमन्त्री बनाएको थिएँ । तपाईंले मलाई ब्याज, ऋण तिनुपर्नेथियो, तपाईंले तिर्नुभयो । अझै एउटा बाँकी छ । हिसाब राख्नुहोला ।’

उनले संविधानको मर्म विपरित भएको दुई-दुई पटकको संसद विघटनलाई एमालेका नेताहरुले सही करार गर्न निरन्तर संसदमा बोलेपछि तत्कालीन सत्ता गठबन्धनमा असन्तुष्टि बढेको र आफू काँग्रेसतिर ढल्केको उनले जनाए ।

उनले एमालेले आफूलाई ३ वा ५ वर्ष नै सरकारको नेतृत्व गर्न प्रस्ताव गरे पनि आफूले संविधान, लोकतन्त्र र शान्तिपूर्ण व्यवस्थाको रक्षा प्राथमिकता भएकाले काँग्रेसतिर लागेको बताए ।