काठमाडौँ– काठमाडौँमा विश्व कविता दिवस मनाइएको छ ।


ADVERTISEMENT


मंगलबार अम्बर पब्लिकेसनको आयोजनामा थाहा पुस्तकालयमा सम्पन्न गरिएको उक्त कार्यक्रममा कविहरूले विभिन्न कविता वाचन गरेर दिवस मनाएका हुन् ।


ADVERTISEMENT

# # #


थाहा पुस्तकालयमा उपस्थित भएका करिब २० जना कविहरूमध्ये सबैले आफ्ना कविताहरु सुनाएका थिए । उनीहरुद्वारा रचित कविता नेपाली भाषासहित, हिन्दी र अङ्ग्रेजी भाषामा समेत रहेको थियो ।