काठमाडौँ– राष्ट्रियसभा सदस्य विमला राई पौड्यालले प्रहरीले युवाको मुख थुनेको विषयमा सरकारको जवाफ मागेकी छन् । बुधबार राष्ट्रिय सभाको बैठकमा बोल्दै सांसद विमलाले मंगलबार सामाजिक सञ्जालमा प्रहरीले केही युवाको मुख थुनेको दृश्यसहितको तस्वीर सार्वजनिक भएपछि सोबारे प्रश्न गरेकी हुन् ।


ADVERTISEMENT


उक्त तस्वीरबारे चासो राख्दै उनले भनिन्, ‘हिजोदेखि सञ्चारजगत र सामाजिक सञ्जालमा, केही युवाहरुले बोल्न खोजिरहेको र केही प्रहरीले जबर्जस्ती मुख थुनेको,घाँटी न्याकिरहेको, लछारपछार पारिरहेको तस्वीरहरु जताततै देख्न पाइएको छ, यो किन भएको हो ?


ADVERTISEMENT

# # #


यस्तै, उनले ती युवाले के बोल्न खोज्दा प्रहरीले उनको मुख थुनेको भन्ने प्रश्न गर्दै उनले भनिन्, ‘यी युवाहरूले के बोल्न खोजेका थिए र प्रहरीले त्यस्तो ज्यादति किन गरेको हो? संविधानले स्वतन्त्रतापूर्वक विचार राख्न पाउने बोल्न पाउने अधिकार सबै नागरिकलाई दिएको छ। प्रहरीले बोल्नेको मुख थुन्न मिल्छ कि मिल्दैन? यसो गर्ने प्रहरीलाई गृह मन्त्रालयले कारबाही गरेको छ कि छैन? यो विषयमा गृह मन्त्रालयको ध्यानाकर्षण गराउन चाहन्छु र जवाफ माग गर्दछु।’

मंगलबार प्रधानमन्त्री दाहाल ५८ औँ अन्तर्राष्ट्रिय जातीय भेदभाव उन्मुलन सार्वजनिक समारोहमा सहभागी हुँदै गर्दा तीन जना युवाले बानेश्वरमा प्रधानमन्त्रीविरुद्ध नाराबाजी गरेका थिए। त्यसलगत्तै ती युवालाई नियन्त्रणमा लिदैँ प्रहरीले उनीहरुको मुख थुनेका थिए ।