काठमाडौं-निजी आवास निर्माणका लागि अनुदान पाउने सूचीमा नाम समावेश भएका तर घर बनाउन आवश्यक नठान्ने भूकम्प पीडितले पहिलो किस्ता बापत लिएको ५० हजार रुपैयाँ फिर्ता गर्न थालेका छन् ।


ADVERTISEMENT


राष्ट्रिय पुर्ननिर्माण प्राधिकरणले वास्तविक पीडितबारे अनुगमन सुरु गरेसँगै रकम फिर्ता गर्नेहरु बढेको प्राधिकरणका प्रवक्ता यमलाल भुषालले जानकारी दिए ।


ADVERTISEMENT

# # #


प्राधिकरणका अनुसार मकवानपुरका २ जनाले पहिलो किस्ता बापत लिएको रकम सरकारी खातामै फिर्ता गरेका छन् । घर बनाउन आवश्यक नपर्ने लाभग्राहीले यसरी नाम हटाइ रकम फिर्ता गरे वास्तविक भूकम्पपीडितलाई राहत पुग्ने उनले बताए ।

प्राधिकरणले बस्न योग्य घर भएका वा अन्यत्र घर भएका व्यक्तिहरुले लाभग्राहीमा सूचीमा आफ्नो नाम पारेको भए सम्बन्धित जिल्ला समन्वय समितिको सचिवालयमा सम्पर्क गरी रकम फिर्ता गरेर आफ्नो नाम लाभग्राही सूचीबाट हटाउन पटक-पटक आग्रह गर्दै आएको छ ।