काठमाडौं-पूर्वका अधिकांश पेट्रोलपम्प मापदण्डविपरीत सञ्चालन भएको पाइएको छ । नयाँ र बन्दै गरेका पम्पको मापदण्ड सामान्य रहेको आयल निगमले जनाइएको छ ।


ADVERTISEMENT


कोसीमा १ सय ५० र मेचीमा ४५ पम्प सञ्चालनमा छन् । तीमध्ये प्राय पुराना सबै पम्पहरू मापदण्डविपरीत रहेको निगमले जनाएको छ । अधिकांश पम्म सडकमै जोडिएका छन् । तिनीहरूमा ट्रस्टसमेत निर्माण गरिएको छैन ।


ADVERTISEMENT

# # #


पानी टयांकी, अग्नि नियन्त्रणका उपकरणको व्यवस्था पनि गरिएको छैन । पम्पको मापदण्ड पूरा भए नभएको अनुगमन आयल निगमले गर्ने हो । मापदण्डविपरीतका पम्पलाई निगमले पटकपटक मापदण्ड पूरा गर्न निर्देशन दिए पनि उनीहरूले अटेर गरेका छन् । मापदण्ड पूरा नगर्ने पम्पलाई आयल निगमको बिक्रेता विनियमावलीले इन्धन सप्लाई रोक्न वा पम्प नै खारेज गर्ने अधिकार दिए पनि निगमले अधिकार प्रयोग गर्न नसकेको स्रोतकोदाबी छ ।

पूर्वाञ्चलका अधिकांश पेट्रोल पम्प मापदण्ड पूरा नगरी सञ्चालन भइरहेको आयल निगम क्षेत्रीय डिपो विराटनरका प्रमुख भानुभक्त खनालले स्वीकार गरे । ‘आयल निगम र पम्पहरूभित्र थुप्रै समस्या छन्,’ उनले भने, ‘ती समस्याका कारण पम्पहरूको मापदण्ड सुधार गर्न नसकिएको हो ।’ ती पम्पलाई तीन महिनाभित्र सुधार गर्न निर्देशन दिइएको खनालले बताए ।

तोकिएको समयमा मापदण्ड सुधार नगरे कारबाही गरिने उनको भनाइ छ । ‘आगो लाग्ने बढी सम्भावना भएका पम्पहरूलाई तत्काल सुधार गर्न निर्देशन दिइएको छ,’ उनले भने, ‘सुधार नगरे इन्धन आपूर्ति रोकिनेछ ।’