काठमाडौं – काठमाडौँमा आजदेखि सुरु भएको प्रधानमन्त्री थ्री नेसन्स कप फुटबल प्रतियोगिताको पहिलो खेलमा आयोजक नेपालले जित हात पारेको छ । नेपालले बुधबार लाओसलाई २–० गोलले पराजित गरेको हो ।


ADVERTISEMENT


त्रिपुरेश्वरस्थित दशथर रंगशालामा भएको खेलको पहिलो हाफमा १-० गोलको अग्रता गरेको नेपालले गरेको नेपालेले दोस्रो हाफमा थप अर्को गोल गर्द जित हात पारेको हो । नेपालको जितका लागि अनन्त तामाङ र नवयुग श्रेष्ठ नायक बने ।


ADVERTISEMENT

# # #


अनन्तले ३१ औं मिनेटमा हेडमार्फत गोल गर्दै अग्रता दिलाए । त्यसपछि ५६ औं मिनेटमा नवयुग श्रेष्ठले सानदार गोल गर्दै नेपाललाई जित दिलाएका हुन् ।

नेपालले अर्को खेल चैत्र १४ गते भुटानविरुद्ध खेल्नेछ । नेपाल, भुटान र लोओस सम्मिलित प्रतियोगिता सिंगल राउण्ड रोबिनको आधारमा हुनेछ । प्रतियोगिता शीर्ष दुई टोलीले उपाधिका लागि चैत १७ गते खेल्ने छन् ।

प्रतियोगिताको विजेताले ५ हजार अमेरिकी डलर, दोस्रोले ३ हजार डलर पाउने एन्फाले जनाएको छ । प्रतियोगिताको उत्कृष्ट खेलाडीले ५ सय अमेरिकी डलर र खेलको म्यान अफ दि म्याचले २५० डलर पाउने छन् ।