काठमाडौं-तत्कालीन संविधानसभाका अध्यक्ष एवं एमाले नेता सुवासचन्द्र नेम्वाङले प्रतिनिधिसभाको निर्वाचन सम्पन्न भएलगत्तै प्रधानमन्त्री नियुक्ति प्रक्रिया सुरु गर्न सकिने संवैधानिक व्यवस्था भएको बताएका छन् ।


ADVERTISEMENT


संविधान निर्माणको नेतृत्वकर्ता नेम्वाङले विश्वभरिका संसदीय अभ्यासमा प्रतिनिधिसभा निर्वाचन सम्पन्न भएलगत्तै नयाँ सरकार गठनका लागि ढोका खुला हुने प्रचलन रहेको बताएका छन् ।


ADVERTISEMENT

# # #


नेम्वाङका अनुसार राष्ट्रियसभा र प्रतिनिधिसभाको बैठकअघि नै प्रधानमन्त्री निर्वाचन हुन सक्ने संवैधानिक व्यवस्था राखी संविधान निर्माण भएको छ ।

यसअघि २०४८ सालमा र जनआन्दोलन २ पछि पुनस्थापित संसदको पनि बैठक बस्नुअघि कांग्रेस नेता गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री बनेको नजिर स्थापित भइसकेको उनले बताएका छन् ।-आजको नागरिक दैनिकबाट