काठमाडौं-नेपाल विद्यार्थी संघद्वारा काठमाडौंको बालाजुमा रहेको नेपाल ग्यास उद्योगको सुरक्षित स्थानान्तरणका लागि माग गरेको छन् ।


ADVERTISEMENT


बालाजुमा शुक्रबार बिहान कार्यक्रम आयोजना गर्दै नेविसंघले सरकारलाई ज्ञापनपत्र बुझाउने, अल्टिमेटम दिने र त्यति गर्दासमेत चासो नदिए देशैभरि आन्दोलन गर्ने जनाएका छन् ।


ADVERTISEMENT

# # #


नेविसंघका महामन्त्री कुन्दन काफ्लेले जनताको सुरक्षित हुने अधिकारका लागि आफूहरु देशैभरि आन्दोलन गर्न तयार रहेको बताएका छन् ।

निश्चित दायरामा नरही आवास नजिक उद्योग राख्न नपाइने भन्दै अहिले मुलुकभर नै ग्यास उद्योगको विरोध भइरहेको छ । ग्यास उद्योग जुनसुकै बेलामा पनि विष्फोट हुन सक्ने र त्यसले ठूलो जनधनको क्षति हुने उदाहरण वीरगंजको सुपर उद्योगले दिइसकेको छ ।