काठमाडौँ– लघुवित्तिय संस्थाहरुले ज्यादती गरेको भन्दै नेकपा बहुमतले काठमाडौंमा विरोध प्रदर्शन गरेको छ ।


ADVERTISEMENT


लघुवित्तिय संस्थाहरुका कारण सर्वसाधारणहरु पीडित हुनुपरेको र ठगी गरेको भन्दै नेकपा बहुमतको बागमती उपत्यका व्युरोले काठमाडौंको कमलपोखरीस्थीत निर्धन उत्थान लघुबित्तको कार्यालय अगाडी प्रदर्शन गरेका हुन् ।


ADVERTISEMENT

# # #


प्रदर्शनकारीहरुले लघुवित्तिय संस्था खारेज गर, पीडितको ऋण मिनाहा गर, जनताको जीवनशैली सहज गर लगाएतका प्लेकार्ड प्रदर्शन गरेका थिए । नेकपा बहुमतका नेता गुणराज लोहनीले नेपालका ७५ प्रतिशत मान्छेहरु बितिय संस्थाबाट पिडित रहेको बताए । उनले लघुवित्तिय संस्थाहरुले ज्यादती नरोकिएसम्म निरन्तर संघर्ष गर्ने चेतावनी दिए ।

लघुवित्तिय संस्थाहरुका कारण पीडित हुनुपरेको भन्दै पछिल्लो समय विरोध प्रदर्शन हुँदै आएको छ ।