काठमाडौँ– बंगलादेशमा जारी एसिसी इमर्जिङ टिम्स कप क्रिकेट अन्तर्गत आफ्नो दोस्रो खेलमा नेपाल बंगलादेशसँग ८३ रनले पराजित भएको छ। बंगलादेशले दिएको २५८ रनको लक्ष्य पछ्याएको नेपाल ४२.३ ओभरमा अलआउट हुँदै १७४ रनमा समेटिएको हो।


ADVERTISEMENT


नेपालका लागि दिपेन्द्र सिंह र ऐरी दिलीप नाथले सर्वाधिक ९८ रनको साझेदारी गरेपनि जित दिलाउन सकेनन्। दिलिप नाथ ४१ रनमा आउट भएका थिए भने ऐरी ५६ रनमा आउट भएका थिए। यस्तै बिनोद भण्डारीले बिस्फोटक ब्याटिङ गर्दै ३३ रन बनाएका थिए। उनले मात्र २३ बलमा ६ चौका र एक छक्का प्रहार गरेका थिए। पहिलो पटक डेब्यु गरेका आसिफ शेखखले १२ तथा मेहबुब आलमले १० रन बनाए। अरू ब्याट्मेनले खुलेर खेल्न सकेनन्।


ADVERTISEMENT

# # #


यता बंगलादेशको इनिङमा सुरुवाती तीन जना ब्याट्सम्यान सस्तैमा आउट भए पनि बंगाली कप्तान मोमिनुल हक र नसिर हुसेनले मध्यक्रमबाट इनिङ सम्हाल्दै टोलीलाई सम्मानजनक स्थितिमा पुर्‍याएका थिए । छैटौं नम्बरमा ब्याटिङमा आएका हुसेनले अविजित १०९ रनको शतकीय पारी खेले । उनले ११५ बलको सामना गरी १२ चौका र २ छक्का हिर्काएका थिए । एउटा एण्डबाट विकेट झरिरहँदा नसिर हुसेनले बंगलादेशको पारी सम्हाल्दै उत्कृष्ट ब्याटिङ गरे ।

नवौं विकेटका लागि उनले अब्दुल हसन राजुसँग मिलेर ७६ रनको साझेदारी गरेपछि बंगलादेशले ठूलो योगफल बनाउन सफल भयो । अब्दुलले २९ रन बनाए ।२६औं ओभरमा युवा स्टार सन्दिप लामिछानेको बलमा आउट हुनुअघि कप्तान हकले पनि ६१ रनको अर्धशतकीय पारी खेले । उनले नसिरसग मिलेर पाचौं विकेटका लागि ७८ रनको ठोष साझेदारी गरे ।

यसअघि सुरुवाती पाच ओभरमै अभिनाश कर्णले बंगलादेशको तीन विकेट झारेका थिए । ११औं ओभरमा मेहवुव आलमले पनि १ विकेट लिए । युवा स्टार सन्दिप लामिछानेले दुई विकेट लिए । कप्तान ज्ञानेन्द्र र दीपेन्द्र सिंह एेरीको नाममा एक एक विकेट रह्यो । लगातारको हारसंगै नेपाल प्रतियोगिताको समुह चरणबाटै बाहिरिएको छ । नेपालले अब हंङकङ र मलेसियासंग खेल्न बाँकी छ ।