• प्रदेश १
  • मधेश प्रदेश
  • बाग्मती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम
  • प्रिति-युनिकोड

Himalaya Post
  • गृहपृष्ठ
  • राजनीति
  • अर्थ/बैंकिङ
  • अन्तर्वार्ता
  • खेलकुद
  • मनोरन्जन
  • विश्व
  • | English Edition |

Select Page




रूपान्तरणको अभियान दूरदराजमा पुर्‍याउन आवश्यक छ : प्रधानमन्त्री

Mar 25, 2023 |

रूपान्तरणको अभियान दूरदराजमा पुर्‍याउन आवश्यक छ : प्रधानमन्त्री

768
SHARES
ShareTweet

काठमाडाैँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सामाजिक क्षेत्रमा क्रियाशील सामाजिक संस्थालाई दूरदराजमा पुर्‍याउन आवश्यक रहेको बताएका छन् । ‘लायन्स क्लब डिष्ट्रिक्ट–३२५ जे’को महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले सामाजिक सङ्घ संस्थाले ग्रामीण क्षेत्रमा पुगेर सेवा दिनुपर्ने उल्लेख गरेका हुन् ।


ADVERTISEMENT


प्रधानमन्त्री दाहालले भने– ‘शहरकेन्द्रित शैक्षिक युवामा मात्र होइन, दूरदराजमा रहेका, परिवर्तनप्रति रूचि राख्ने, सामाजिक रूपान्तरणको आन्दोलनमा योगदान पुर्‍याउनसक्ने विपन्न, सीमान्तकृत, महिला, दलित, जनजाति, मधेशीलगायत सबै वर्ग र समुदायका युवासम्म पुगेर उनीहरुको नेतृत्व विकास गर्ने नीति र कार्यक्रमको आवश्यकता छ ।’ सो अवसरमा प्रधानमन्त्री दाहालले वर्तमान सरकार राज्य, निजी क्षेत्र, सामाजिक संस्था र नागरिक आन्दोलनको सहकार्यका आधारमा देशमा विद्यमान राजनीतिक–आर्थिक चुनौती छिचोल्दै सामाजिक न्याय, सुशासन र समृद्धिको लक्ष्य हासिल गर्न संकल्पबद्ध रहेको बताए ।


ADVERTISEMENT

# # #


सन् १९१७ मा मेल्भिन जोन्सले स्थापना गरेकाे लायन्स क्लब अन्तर्राष्ट्रियको प्रभाव विश्वव्यापी छ । नेपालमा सन् १९७१ मा पूर्वप्रधानमन्त्री मातृकाप्रसाद कोइरालाको अध्यक्षतामा लायन्स क्लब अफ विराटनगर स्थापना भएको पाइन्छ । त्यही ऐतिहासिक पृष्ठभूमिको जगमा उभिएर नेपालमा लायन्स क्लबले सामाजिक क्षेत्रमा विविध गतिविधि गर्दै आएको छ । हाल नेपालमा लायन्सका १५ डिस्ट्रिक्ट र ५० हजारभन्दा बढी सदस्य छन् । यस महाधिवेशनले सामाजिक सेवाका क्षेत्रमा आफूलाई थप परिस्कृत र परिमार्जित गर्दै अगाडि बढ्नेमा आफू विश्वस्त रहेको प्रधानमन्त्री दाहालको भनाइ छ ।

उनले भने– ‘राजनीतिक एवं शैक्षिकरूपले चेतनशील र जागरूक युवाको विशेष सक्रियतामा लायन्स क्लबले देशभरि विभिन्न सामाजिक एवम् मानवीय कार्यको नेतृत्व गरिरहेको छ । खासगरी कोभिड–१९ महामारी, महाभूकम्पजस्ता राष्ट्रिय बिपत्तिमा लायन्सले आफूलाई अग्रमोर्चामा उभ्याउँदै सामाजिक जिम्मेवारी पूरा गरिरहेको छ ।’

देशको विकास र समृद्धिको आकांक्षा राख्ने युवाका निम्ति प्रेरणाको विषय मात्र नभएर देश निर्माणको अग्रमोर्चामा अग्रसर राजनीतिकर्मीका लागि समेत लायन्स गौरवको विषय भएको प्रधानमन्त्री दाहालले उल्लेख गरे । ‘लोकतान्त्रिक राज्यप्रणालीमा राज्य र नागरिकको बलियो सहकार्यका आधारमा नै समाज सेवा र सामाजिक रूपान्तरणका क्षेत्रमा प्रभावकारी कार्यसम्पादन गर्न सकिन्छ । राज्य र नागरिकको बलियो एकता नै लोकतन्त्रको त्यस्तो आधारस्तम्भ हो ।’ उनले भने ।

लायन्सले राष्ट्रिय विपत्तिका हरेक घडीमा आफूलाई अग्रमोर्चामा उभ्याएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले प्रशंसा गरेका छन् । उनले भने– ‘शैक्षिक एवम् सामाजिक गतिविधिमा अग्रसर भएको छ, जनचेतना र सामाजिक रूपान्तरणका क्षेत्रमा महत्वपूर्ण भूमिका निर्वाह गरेको छ, अर्थतन्त्र चलायमान बनाउन एवम् आत्मनिर्भर र व्यवसायी युवा निर्माणका लागिसमेत उत्प्रेरित गरिरहेको छ । यो आफैमा महत्वपूर्ण कुरा हो ।’

आजको विकसित परिस्थिति र समावेशी लोकतन्त्रको मान्यताअनुरूप यस्ता क्लबले आफ्नो कार्यक्षेत्र र दायरा थप फराकिलो बनाउन आवश्यक रहेकामा प्रधानमन्त्री दाहालले जोड दिए ।  सामाजिक जीवनमा राष्ट्रिय छवि र प्रतिष्ठा हासिल गरेको क्लबको महाधिवेशनले लायन वर्ष २०२३/२४ का लागि क्लबको नीतिगत परिस्करण र नयाँ नीति तर्जुमाका साथै कुशल नेतृत्व चयनमा थप सफलता प्राप्त गर्ने प्रधानमन्त्री दाहालले विश्वास व्यक्त गरेका हुन् ।



#
#

#









#




#

#


Share:

Rate:

Previousमेलम्चीको पानी सूर्यविनायक नपामा वितरण गर्न नौबुँदे सम्झौता
Nextपत्रकार दीपेन्द्र दोङ तामाङको निधन

ताजा खबर

  • नेपालको अनौपचारिक बजार : पारदर्शीता र नियन्त्रणको प्रश्न
  • रिकण्डिसन व्यवसायीका समस्याबारे यातायात मन्त्रीको ध्यानाकर्षण, बजेटमै समेट्ने आश्वासन
  • ५५ वर्षको उमेरमा नागरिकता !
  • पोखरामा विद्युतीय माइक्रो दुर्घटना, ३ जनाको मृत्यु
  • एसपी आचार्यको कमाण्ड रहेको गणमा डीआईजी पौडेल ! नेपाल प्रहरी विशेष सुरक्षामा अब्बल तयारी

#
#
#
#
#
#
#
#
#
#
#
#

#

#
#
#

#
#
#

हिमालय पोष्ट

प्रकाशक –

लजिक मिडिया प्रा.लि.

ठेगाना – काठमाण्डौ – ४ , बालुवाटार
फोन नं. – +977-1-5705523
www.himalayapost.com

सूचना विभाग दर्ता प्रमाणपत्र नं. १७२ / ०७३ – ७४

ईमेल –
[email protected], [email protected], [email protected]

लजिक मिडियाद्वारा सञ्चालित हिमालय पोष्ट अनलाईन न्यूज पोर्टलका लागि :

अध्यक्ष / प्रधान सम्पादक – लोमस चापागाई

प्रबन्ध निर्देशक / सम्पादक – मिलन भण्डारी

डेस्क सम्पादक – रामचन्द्र पाण्डे

लेखकहरु –
डा. सुरेन्द्र झा
यादबकुमार भट्टराई
गोबिन्द ज्ञवाली
कुसुम भट्टराई


हाम्रो बारे – सम्पूर्ण टिम

© Logic Media Pvt. Ltd. 2017-2025 | All Rights Reserved