काठमाडाैँ– पत्रकार दीपेन्द्र दोङ तामाङको निधन भएको छ । ब्रेन स्ट्रोक भएर एक सातादेखि मेडिसिटी हस्पिटलमा उपचाररत ४४ वर्षे तामाङकाे आज दिउँसो निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।


ADVERTISEMENT


इमेज एफएफ, सिटिजन एफएफ, रेडियो जनतालगाय मिडियाको सम्पादकीय भूमिकामा रहेर काम गरिसकेका उनी पछिल्लो समय मध्यान्ह दैनिकको प्रमुख कार्यकारी अधिकृतका रूपमा कार्यरत थिए ।


ADVERTISEMENT

# # #


२७ फागुन बिहान घरमै बसेका बेला ब्रेन स्टोकका भएर ढलेका तामाङलाई चाबहिलस्थित दीर्घायू अस्पताल पुर्‍याइएको थियो । लगत्तै उनलाई ललितपुरस्थित मेडिसिटी अस्पतालमा लगिएकाे थियाे । खासगरी रेडियो म्यागेजिन र फिचर राइटिङमा दख्खल राख्ने तामाङ प्रभावशाली लेखक एव सिनेकर्मी पनि थिए । डेढ दशकदेखि पत्रकारितामा सक्रिय तामाङका एक छोरा, एक छोरी र श्रीमती छन् ।