• प्रदेश १
  • मधेश प्रदेश
  • बाग्मती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम
  • प्रिति-युनिकोड

Himalaya Post
  • गृहपृष्ठ
  • राजनीति
  • अर्थ/बैंकिङ
  • अन्तर्वार्ता
  • खेलकुद
  • मनोरन्जन
  • विश्व
  • | English Edition |

Select Page




देशको लोकतन्त्रको रक्षाका लागि संसद् सदस्य हुनु-नुहुनुमा केही छैन्, वेथितिविरुद्धको सङ्घर्ष जारी छ : राहुल गान्धी

Mar 25, 2023 |

देशको लोकतन्त्रको रक्षाका लागि संसद् सदस्य हुनु-नुहुनुमा केही छैन्, वेथितिविरुद्धको सङ्घर्ष जारी छ : राहुल गान्धी

1.5k
SHARES
ShareTweet

काठमाडाैँ– भारतका प्रतिपक्षी दलका नेता राहुल गान्धीले लोकतन्त्रका निम्ति निरन्तर लडिरहने प्रतिबद्धता व्यक्त गरेका छन् । देशको लोकतन्त्रको रक्षाका लागि त्यो अपरिहार्य भएको उनले बताए । आज पत्रकार सम्मेलनमा उनले संसद् सदस्य हुनु र नुहुनुमा कुनै अन्तर नभएको उल्लेख गर्दै वेथितिविरुद्धको आफ्नो सङ्घर्ष जारी रहने बताए ।


ADVERTISEMENT


प्रधानमन्त्री नरेन्द्र मोदीका प्रमुख व्यापारिक सहयोगीमाथि आफूले छानबिनको माग गरेपछि घुमाउरो पाराले आफूलाई संसद्बाट निष्काशन गरिएको बताउँदै उनले सुरत अदालतको निर्णयबाट आफू विचलित नभएको बताए । आफू जस्तोसुकै धम्कीबाट नझुक्ने र नडराउने बताउँदै उनले प्रधानमन्त्री र व्यापारी गौतम अडानीबीचको सम्बन्धबारे प्रश्न गर्न कहिल्यै पछि नपर्ने दृढता व्यक्त गरे ।


ADVERTISEMENT

# # #


सन् २०१९ मा कर्नाटक राज्यको कोलारमा आयोजित चुनावी सभामा नेता गान्धीले ‘चोर मोदीहरू’ भनेका थिए । उनले भगौडा व्यापारी नीरब मोदी र ललित मोदीलाई लक्ष्य गर्दै त्यसो भनेकाे थिए । नेता गान्धीको उक्त अभिव्यक्तिले मोदी थर भएका सबैको मानहानी भएको जिकिर गर्दै भारतीय जनता पार्टी (भाजपा)का विधायक एवम् गुजरात राज्यका पूर्वमन्त्री पूर्णेश मोदीले उनीविरुद्ध मुद्दा दायर गरेका थिए ।

गत शनिबार अदालतले मानहानी मुद्दामा दोषी ठहर गर्दै गान्धीलाई दुई वर्षको जेल सजाय सुनाएको भोलिपल्ट उनलाई संसद्बाट समेत हटाइएको हो । आलोचकहरूले विपक्षी र अधिकारकर्मीहरूलाई दबाउन मोदी सरकारले कानुन प्रयोग गरेको आरोप लगाएका छन् ।

गान्धीलाई संसद्बाट हटाइको विरोधमा भारतका विभिन्न शहरमा आज विरोध प्रदर्शन भएका थिए ।


#
#

#









#




#


#


Share:

Rate:

Previousके तपाईंकाे माेबाइल फाेन ह्याक त भएकाे छैन ?
Nextराप्ती लोकमार्ग :सडक नबन्दा ३६ जनाभन्दा बढीको दुर्घटनाबाट मृत्यु

ताजा खबर

  • ठिमीमा जेसुम यात्रास् संस्कृति र सम्पदा उजागर गर्ने प्रयास
  • समाजवादी गणतन्त्र निर्माणमा साथ दिन अध्यक्ष प्रचण्डको आग्रह
  • सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्नुपर्छ : अध्यक्ष यादव
  • गोरखानाथ मन्दिरमा सवा लाख रोट महोत्सव सुरु
  • सुन्धारामा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, दुई घाइते

#
#
#
#
#
#
#
#
#
#
#
#

#

#
#
#

#
#
#

हिमालय पोष्ट

प्रकाशक –

लजिक मिडिया प्रा.लि.

ठेगाना – काठमाण्डौ – ४ , बालुवाटार
फोन नं. – +977-1-5705523
www.himalayapost.com

सूचना विभाग दर्ता प्रमाणपत्र नं. १७२ / ०७३ – ७४

ईमेल –
[email protected], [email protected], [email protected]

लजिक मिडियाद्वारा सञ्चालित हिमालय पोष्ट अनलाईन न्यूज पोर्टलका लागि :

अध्यक्ष / प्रधान सम्पादक – लोमस चापागाई

प्रबन्ध निर्देशक / सम्पादक – मिलन भण्डारी

डेस्क सम्पादक – रामचन्द्र पाण्डे

लेखकहरु –
डा. सुरेन्द्र झा
यादबकुमार भट्टराई
गोबिन्द ज्ञवाली
कुसुम भट्टराई


हाम्रो बारे – सम्पूर्ण टिम

© Logic Media Pvt. Ltd. 2017-2025 | All Rights Reserved