• प्रदेश १
  • मधेश प्रदेश
  • बाग्मती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम
  • प्रिति-युनिकोड

Himalaya Post
  • गृहपृष्ठ
  • राजनीति
  • अर्थ/बैंकिङ
  • अन्तर्वार्ता
  • खेलकुद
  • मनोरन्जन
  • विश्व
  • | English Edition |

Select Page




राप्ती लोकमार्ग :सडक नबन्दा ३६ जनाभन्दा बढीको दुर्घटनाबाट मृत्यु

Mar 26, 2023 |

राप्ती लोकमार्ग :सडक नबन्दा ३६ जनाभन्दा बढीको दुर्घटनाबाट मृत्यु

939
SHARES
ShareTweet

राप्ती– राप्ती लोकमार्ग ठाउँ–ठाउँमा जीर्ण छ । दाङ, सल्यान हुँदैरुकुमसम्म नै सडकबीचमा खाल्डाखुल्डी छन् । जिम्मा पाएका निर्माण कम्पनीले पनि समयमा काम गरेका छैनन् । जसले गर्दा आवतजावतमा पनि समस्या छ भने दुर्घटनाको जोखिम पनि उत्तिकै छ ।


ADVERTISEMENT


‘आवतजावत गर्दा धुलाम्मे हुन्छ, खाल्डाखुल्डीले पनि उत्तिकै समस्या पार्छ’, सल्यानबाट दाङ आउदै गरेका यात्रु रुद्रबहादुर रेउलेले भने ‘दुर्घटनाको जोखिम उत्तिकै छ ।’ सल्यान कपुरकोटदेखि तुलसपुर पुग्दा मानिस चिन्न नसिकने अबस्था रहने यात्रुहरुको गुनासो छ । त्यस्तै समय पनि धेरै लाग्ने गर्छ ।


ADVERTISEMENT

# # #


‘धुलोले शरिर थपक्कै ढाकेको हुन्छ’, मोटरसाइकल चालक लक्ष्मण केसीले भने ‘खाल्डा खुल्डीले गर्दा पहिले जस्तो छिटो पनि आउन सकिदैन्, आधा घण्टा लाग्ने ठाउँमा, एक डेढ घण्टा लाग्छ ।’ बिग्रिएको ठाउँमा मर्मतकालागि ठेक्का भइसकेको सडक डिभिजन कार्यालय दाङका प्रमुख रामपुकार जैसवालले बताए ।

‘धेरै ठाउँमा सडक बिग्रिएको छ, अहिले स–साना ठेक्का लागिरहेका छन्’ उनले भने, ‘स–साना ठेक्काको काम सकेपछि अर्को बर्षदेखि ठूलो ठेक्का लाग्छ ।’ ठाउँ–ठाउँमा ठेक्का गरिएको भएपनि ठेकेदारले काम गरेको अबस्था छैन । पटक–पटक म्याद थप गर्ने कार्य भइरहेको छ । चालु आर्थिक बर्ष भित्र सडक मर्मतको काम सक्ने योजना रहेको प्रमुख जैसवालको भनाइ छ ।

राप्ती लोकमार्ग सुरुमा ‘ओटासिल’ प्रबिधिबाट कालोपत्रे गरिएको हो । त्यो थोरै सवारी चल्दाको कालोपत्रे भएपनि अहिले धेरै सवारी चल्दा ठाउँ–ठाउँमा बिग्रिएको उनको भनाइ छ । तुलसीपुरदेखि रुकुम पश्चिम खौलासम्मको सडक ठाउँ–ठाउँमा बिग्रिएको छ । तीन बर्षदेखि राप्ती लोकमार्गका लागि भनेर छुट्टै बजेट बिनियोजन हुने गरेको छ ।

चालु बर्षकालागि मात्रै बिभिन्न २० खण्डमा करिब रु ४८ करोड बजेट परेको छ । सडकमा खाल्डाखुल्डी हुँदा चालु बर्षमा मात्रै ३६ जनाभन्दा बढीको दुर्घटनाबाट मृत्यु भइसकेको छ । यस सडकमा बर्षेनी करोडौं बजेट विनियोजन गरेको भएपनि काम भने नहुँने गरेको पाइएको छ ।


#
#

#









#




#


#


Share:

Rate:

Previousदेशको लोकतन्त्रको रक्षाका लागि संसद् सदस्य हुनु-नुहुनुमा केही छैन्, वेथितिविरुद्धको सङ्घर्ष जारी छ : राहुल गान्धी
Nextविराट गोल्डकपः ड्रुक लुयललाई पराजित गर्दै एपिएफ सेमिफाइनलमा

ताजा खबर

  • संसद् बैठक : विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामा छलफल हुने
  • ठिमीमा जेसुम यात्रास् संस्कृति र सम्पदा उजागर गर्ने प्रयास
  • समाजवादी गणतन्त्र निर्माणमा साथ दिन अध्यक्ष प्रचण्डको आग्रह
  • सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्नुपर्छ : अध्यक्ष यादव
  • गोरखानाथ मन्दिरमा सवा लाख रोट महोत्सव सुरु

#
#
#
#
#
#
#
#
#
#
#
#

#

#
#
#

#
#
#

हिमालय पोष्ट

प्रकाशक –

लजिक मिडिया प्रा.लि.

ठेगाना – काठमाण्डौ – ४ , बालुवाटार
फोन नं. – +977-1-5705523
www.himalayapost.com

सूचना विभाग दर्ता प्रमाणपत्र नं. १७२ / ०७३ – ७४

ईमेल –
[email protected], [email protected], [email protected]

लजिक मिडियाद्वारा सञ्चालित हिमालय पोष्ट अनलाईन न्यूज पोर्टलका लागि :

अध्यक्ष / प्रधान सम्पादक – लोमस चापागाई

प्रबन्ध निर्देशक / सम्पादक – मिलन भण्डारी

डेस्क सम्पादक – रामचन्द्र पाण्डे

लेखकहरु –
डा. सुरेन्द्र झा
यादबकुमार भट्टराई
गोबिन्द ज्ञवाली
कुसुम भट्टराई


हाम्रो बारे – सम्पूर्ण टिम

© Logic Media Pvt. Ltd. 2017-2025 | All Rights Reserved