झापा– झापाको मेचीनगर–१३ चारआलीस्थित पाउ पाथीभराधाममा भागवत पुराणमा भक्तजनहरुकाे उत्सहाजनक उपस्थिती देखिएको छ । यही चैत ८ गतेदेखि सुरु भएको पुराण १६ गतेसम्म सञ्चालन हुनेछ । पुराणमा पण्डितं शान्तिराम नेपालको प्रमुख वाचन र पण्डित पुण्यप्रसाद रिजालको उपवाचकत्व रहेकाे छ ।


ADVERTISEMENT


प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले उदघाटन गरेको पुराणमा पाथिभरा माताको मन्दिरमा हरेक दिन भक्तजन आफै उत्सहिरुपमा आउँने गरेकाे पुराण मूल आयोजक समितिका अध्यक्ष तिलकप्रसाद गिरीले जानकारी दिए ।


ADVERTISEMENT

# # #


उनले भने, ‘पुराणमा दानका लागि कसैलाई आग्रह गर्दैनाैं स्वेच्छिक दान मात्र संकलन गर्दै आएका छाैँ । करिब ४० हजार जनाभन्दा बढी भक्तजन आउने अपेक्षा गरिएको पुराणमा शनिवार पन्ध्र हजार बढी भक्तजनले दर्शन गरेको गिरीले बताए । पाउ पाथीभरा उत्तरगंगा प्रवेशद्वार पर्यटन प्रबद्र्धन समिति गठनताका नै धाममा १८ वटा पुराण लगाउने निर्णयानुसार छैठौ पटक भागवत् पुराण आयोजना गरिएको बताउँछन् गिरी ।

पुराणको विशुद्ध उद्देश्य धार्मिक पर्यटनलाई प्रवद्र्धन गर्नु र पाथीभरा देवीको महिमाको प्रचार गर्नु र त्यसको आधारमा पाउ पाथीभरा धामलाई प्रमुख धार्मिक गन्तव्य बनाई यस क्षेत्रलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा प्रचार गर्ने रहेको छ ।

धार्मिक आस्थाका देवी पाथीभराको दर्शन गर्न जाने अधिकांश धर्मानुरागीहरु पाउ पाथीभरामा दर्शन गरेर मात्र जाने परम्परा, आस्था र विश्वास बृद्धि भएकाले देश विदेशबाट आउने दर्शनार्थीलाई निःशुल्क रुपमा खाना र बासको व्यवस्था गरिएको गिरीले जनाएका छन् ।