• प्रदेश १
  • मधेश प्रदेश
  • बाग्मती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम
  • प्रिति-युनिकोड

Himalaya Post
  • गृहपृष्ठ
  • राजनीति
  • अर्थ/बैंकिङ
  • अन्तर्वार्ता
  • खेलकुद
  • मनोरन्जन
  • विश्व
  • | English Edition |

Select Page




छ महिनामा तीन हजार बढी लडाकु मारिए

Mar 27, 2023 |

छ महिनामा तीन हजार बढी लडाकु मारिए

673
SHARES
ShareTweet

एजेन्सी– बितेका छ महिनामा सोमाली राष्ट्रिय सेनाले अल–शबाबविरुद्ध देशका विभिन्न भागमा गरेको कारबाहीमा तीन हजारभन्दा बढी लडाकु मारिएका छन् भने तीन हजार सात सय जना घाइते भएका छन् । सूचना, संस्कृति तथा पर्यटन मन्त्रालयले अल–शबाबको अधीनमा रहेका करिब ७० गाउँ र शहरलाई स्थानीय जनताको सहयोगमा देशको राष्ट्रिय सेनाले मुक्त गरेको बताएको छ ।


ADVERTISEMENT


उक्त मन्त्रालयले शनिबार साँझ जारी गरेको विज्ञप्तिमा राष्ट्रिय सेनाले अन्तरराष्ट्रिय मानवीय कानुन, मानवअधिकार कानुन, इस्लामिक कानुन र सोमाली परम्परागत युद्ध नियमको पूर्ण पालना गर्दै चरमपन्थीमाथि कारबाही गरेको जनाइएको छ । रमजानको पवित्र महिनामा सोमाली जनता चरमपन्थीबाट सुरक्षित रहुन् भन्ने उद्देश्यका साथ कारबाहीलाई अझ व्यापक बनाइएको बताइएको छ ।


ADVERTISEMENT

# # #


आतङ्वादीविरुद्ध अब दोस्रो चरणको आक्रमणको तयारी सेनाले गरिरहेको मन्त्रालयले बताएको छ । गत वर्ष राष्ट्रपति हसन शेख मोहम्मदले विद्रोहीविरुद्ध सर्वत्र युद्धको घोषणा गरेपछि सरकारी सेनाले अल–शबाब विरुद्धको आक्रमणलाई तीव्र बनाएको थियो ।

चरमपन्थी समूह अल–शबाबले सोमालियाका दक्षिण र मध्य भागमा अवस्थित ग्रामीण भेगमाा आफ्नो नियन्त्रण कायम राखेको छ । गत साता राष्ट्रिय सेनाका कमाण्डर मोहम्मद तहलिल बिहीले आतङ्कवादी समूह अल–शबाबले सैनिक आधार क्षेत्रमा आक्रमणको प्रयास गरेपछि भएको दोहोरो भिडन्तमा ३० जना मारिएका बताएका थिए ।

सरकार समर्थक समूहले सैनिकलाई सघाएको थियो । अल–शबाबले भिडन्तको क्रममा २० जना सैनिक मारिएका, अन्य १० जनालाई घाइते बनाएको र दुईवटा गाडी जलाएको दाबी गरेको थियो ।


#
#

#









#




#


#


Share:

Rate:

Previousआँधीपछि गरिएको सङ्कटकाल घोषणालाई बाइडेनद्वारा अनुमोदन
Nextटीकापुर साहित्य महोत्सव हुँदै

ताजा खबर

  • ठिमीमा जेसुम यात्रास् संस्कृति र सम्पदा उजागर गर्ने प्रयास
  • समाजवादी गणतन्त्र निर्माणमा साथ दिन अध्यक्ष प्रचण्डको आग्रह
  • सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्नुपर्छ : अध्यक्ष यादव
  • गोरखानाथ मन्दिरमा सवा लाख रोट महोत्सव सुरु
  • सुन्धारामा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, दुई घाइते

#
#
#
#
#
#
#
#
#
#
#
#

#

#
#
#

#
#
#

हिमालय पोष्ट

प्रकाशक –

लजिक मिडिया प्रा.लि.

ठेगाना – काठमाण्डौ – ४ , बालुवाटार
फोन नं. – +977-1-5705523
www.himalayapost.com

सूचना विभाग दर्ता प्रमाणपत्र नं. १७२ / ०७३ – ७४

ईमेल –
[email protected], [email protected], [email protected]

लजिक मिडियाद्वारा सञ्चालित हिमालय पोष्ट अनलाईन न्यूज पोर्टलका लागि :

अध्यक्ष / प्रधान सम्पादक – लोमस चापागाई

प्रबन्ध निर्देशक / सम्पादक – मिलन भण्डारी

डेस्क सम्पादक – रामचन्द्र पाण्डे

लेखकहरु –
डा. सुरेन्द्र झा
यादबकुमार भट्टराई
गोबिन्द ज्ञवाली
कुसुम भट्टराई


हाम्रो बारे – सम्पूर्ण टिम

© Logic Media Pvt. Ltd. 2017-2025 | All Rights Reserved