• प्रदेश १
  • मधेश प्रदेश
  • बाग्मती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम
  • प्रिति-युनिकोड

Himalaya Post
  • गृहपृष्ठ
  • राजनीति
  • अर्थ/बैंकिङ
  • अन्तर्वार्ता
  • खेलकुद
  • मनोरन्जन
  • विश्व
  • | English Edition |

Select Page




टीकापुर साहित्य महोत्सव हुँदै

Mar 27, 2023 |

टीकापुर साहित्य महोत्सव हुँदै

398
SHARES
ShareTweet

कैलाली– कैलालीको टीकापुरमा यही चैत २५ देखि २७ गतेसम्म साहित्य महोत्सव आयोजना हुने भएको छ । यसका लागि स्थानीय र प्रदेश सरकारसँग सहयोग सङ्कलन भइरहेको एवं प्रचारप्रसार तीव्र पारिएको छ ।


ADVERTISEMENT


महोत्सव तयारीकै विषयलाई लिएर टीकापुरका पत्रकार र सरोकारवालासँग अन्तक्र्रिया गरिएकोे छ । कार्यक्रममा सुदूरपश्चिम प्रदेश नीति तथा योजना आयोगका सदस्य प्राध्यापक डाक्टर जगतबहादुरसिंह रावलले महोत्सवले टीकापुरको सम्भावनालाई उजागर गर्ने विश्वास व्यक्त गरेका छन् । ‘साहित्य महोत्सव टीकापुरको गौरव हुनेछ । टीकापुरले यो महोत्सवबाट अर्को महेशविक्रम जन्माउनेछ’, उनले भने, ‘महोत्सवले टीकापुर कुनै कुरामा कमी छैन भन्ने सन्देश दिनेछ । यहाँका सम्भावना र राम्रा पक्षको प्रचार गर्नुपर्छ ।’


ADVERTISEMENT

# # #


कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै टीकापुर साहित्य समाजका अध्यक्ष तथा साहित्यकार महेशविक्रम शाहले सुदूरपश्चिम प्रदेशका सबै सम्भावनालाई साकार पार्न सबै लाग्नुपर्ने बताए । उनले नेपाली भाषा र साहित्यको उर्वर भूमि सुदूरपश्चिमको दक्षिणपूर्वी क्षेत्र कर्णाली नदीको किनारमा रहेको टीकापुरमा साहित्य आयोजना लागेको बताए ।

उनले राजा महेन्द्रले आारोग्यता प्राप्त गरेको भूमि टीकापुरमा नेपाली साहित्यकारको ठूलो जमघट हुन लागेको जानकारी दिए । ‘महोत्सवमा हरेक दिन विभिन्न कार्यपत्र प्रस्तुत हुनेछन् । हरेक सत्रमा सुदूरपश्चिमको कला, साहित्य, सम्भावना, पर्यापर्यटन र वेशभूषाबारे छलफल हुनेछ’, उनले भने, ‘महोत्सवले भाषा, साहित्य, कला संस्कृति, राजनीति, दर्शन, अर्थ, शिक्षा, स्वास्थ्य, पर्यटन, उद्योग व्यवसाय, पत्रकारिता र सामाजिक क्षेत्रका विज्ञ तथा सो कार्य क्षेत्रसँग सम्बन्धित एक सय ५० जना वक्ता, सहजकर्ता, कवि गजलकार तथा कलाकारका प्रस्तुति रहनेछन् ।’

साहित्य महोत्सवमा रु ४० लाख खर्च हुने अनुमान गरिएको छ । कार्यक्रममा रु एक लाखको खड्ग स्मृति राष्ट्रिय गौरव पुरस्कारसमेत प्रदान गरिने भएको छ । रु ७५ हजार राशिको टीकापुर साहित्य समाज श्रेष्ठ कवि पुरस्कार, रु ५० हजार राशिको टीकापुर साहित्य समाज प्रतिभा पुरस्कार (सुदूरपश्चिमका प्रतिभालाई) प्रदान गरिने र रु २५ हजार राशिको टीकापुर साहित्य समाज जेहेन्दार विद्यार्थी पुरस्कार टीकापुरका विद्यालय तथा महाविद्यालयमा अध्ययनरत जेहेन्दार विद्यार्थीलाई प्रदान गरिने छन् । यी पुरस्कार हरेक वर्ष प्रदान गरिने बताइएको छ ।


#
#

#









#




#


#


Share:

Rate:

Previousछ महिनामा तीन हजार बढी लडाकु मारिए
Next‘एअर इण्डिया’लाई नागरिक उड्डयन प्राधिकरणले पठायो पत्र

ताजा खबर

  • ठिमीमा जेसुम यात्रास् संस्कृति र सम्पदा उजागर गर्ने प्रयास
  • समाजवादी गणतन्त्र निर्माणमा साथ दिन अध्यक्ष प्रचण्डको आग्रह
  • सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्नुपर्छ : अध्यक्ष यादव
  • गोरखानाथ मन्दिरमा सवा लाख रोट महोत्सव सुरु
  • सुन्धारामा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, दुई घाइते

#
#
#
#
#
#
#
#
#
#
#
#

#

#
#
#

#
#
#

हिमालय पोष्ट

प्रकाशक –

लजिक मिडिया प्रा.लि.

ठेगाना – काठमाण्डौ – ४ , बालुवाटार
फोन नं. – +977-1-5705523
www.himalayapost.com

सूचना विभाग दर्ता प्रमाणपत्र नं. १७२ / ०७३ – ७४

ईमेल –
[email protected], [email protected], [email protected]

लजिक मिडियाद्वारा सञ्चालित हिमालय पोष्ट अनलाईन न्यूज पोर्टलका लागि :

अध्यक्ष / प्रधान सम्पादक – लोमस चापागाई

प्रबन्ध निर्देशक / सम्पादक – मिलन भण्डारी

डेस्क सम्पादक – रामचन्द्र पाण्डे

लेखकहरु –
डा. सुरेन्द्र झा
यादबकुमार भट्टराई
गोबिन्द ज्ञवाली
कुसुम भट्टराई


हाम्रो बारे – सम्पूर्ण टिम

© Logic Media Pvt. Ltd. 2017-2025 | All Rights Reserved