काठमाडौं— नेपाली र संयुक्त राज्य अमेरिकाको सेनाको संयुक्त बैठक आजबाट सुरु हुने भएको छ । हरेक वर्ष हुँदै आएको संयुक्त बैठक यसपटक चैत्र १३ गतेदेखि १५ गतेसम्म काठमाडौंमा ‘बाइल्याटरल ल्यान्ड फोर्सेस टक’ हुन लागेको हो ।


ADVERTISEMENT


यसअघि सो बैठक अमेरिकाको हवाइमा सम्पन्न भएको थियो । नेपाली सेनाका अनुसार छलफल शान्ति सेना, मानवीय सहायता र विपद् प्रतिक्रिया, तालिम र विज्ञता आदानप्रदान गरी चार विषयमा केन्द्रित रहनेछ ।


ADVERTISEMENT

# # #


नेपाली टोलीको नेतृत्व उपरथी अशोकराज सिग्देलले गर्दैछन् भने अमेरिकी सेनाको नेतृत्व प्यासिफिक कमान्डको डेपुटी कमान्डर मेजर जनरल क्रिस्टोफर स्मिथले गर्नेछन् । जसको कमान्डमा २२ सदस्यीय टोली सहभागी हुनेछन्  । सन् २०१८ देखि हरेक वर्ष नियमित रूपमा आयोजना हुँदै आएको छ ।