काठमाडाैँ– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद् विस्तारकाे तयारी गरिरहेका बेला प्रमुख सत्ता साझेदार दल नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बाेलाएकाे छ ।


ADVERTISEMENT


बैठक भाेलि (मंगलबार) बिहान ९ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्नेछ । बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूलाई बाेलाइएकाे कांग्रेस पार्टी कार्यालयका मुख्य सचिव  कृष्णप्रसाद पौडेलले जानकारी दिए ।


ADVERTISEMENT

# # #


बैठकमा सरकारमा सहभागिता र मन्त्री छनाेटबारे छलफल हुने बताइएकाे छ । सरकारले दाेस्राेपटक विश्वासकाे मत पाइसक्दा समेत प्रधानमन्त्रीले मन्त्रिपरिषद्लाई पूर्णता दिन सकेका छैनन् । प्रधानमन्त्रीकाे दल नेकपा माओवादी केन्द्रले शाेमबारसम्म मन्त्रिपरिषद् विस्तार गर्ने निर्णय गरेकाे थियाे ।

तर कांग्रेसले मंगलबारका लागि केन्द्रीय कार्यसम्पादन समितिको बैठक बाेलाएपछि मन्त्रिपरिषद् विस्तारमा थप ढिलाइ हुने अनुमान गरिएकाे छ ।