पूर्वी नवलपरासी– पूर्वी नवलपरासीमा एकै ठाउँमा ९ वटा बम फेला परेका छन्। बम देखेपछि स्थानीयवासीले जनप्रतिनिधिलाई र जनप्रतिनिधिले प्रहरीलाई जानकारी दिइएका छन्।


ADVERTISEMENT


स्थानीय बासिन्दा रुकेश सरामुका अनुसार बालबालिकाले आईतवार दिउँसो जङ्गलनजिकै रहेको बारीमा ती बम देखेका थिए हुन्। जानकारी अनुसार ती बम ८१ एमएममोटरका हुन्।


ADVERTISEMENT

# # #


साथै पाँच हजार दुई सय मिटर रेन्ज काटी बम जमिनमा विस्फोट भए १ सय ८० मिटर वरपरको क्षेत्रमा क्षति पुग्न सक्ने दाबी गरिएको छ।

जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीका सूचना अधिकारी सन्तोष पाठकले सो घटनाबारे जानकारी पाएकाले दुम्कीवासका प्रहरी निरीक्षकको टोली उक्त स्थानतर्फ पठाइएको हिमालय पाेष्टलाई बताए। ती बम कसले र कहिले राखेको भन्नेबारे यकिन छैन।