भक्तपुर– भक्तपुरको जगातीमा आइतबार गरिएको विशेष चेकिङका क्रममा यान्त्रिक अवस्था ठिक नभएका ४७ ओटा सवारी साधनका चालकलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ ।


ADVERTISEMENT


१ सय ३० भन्दा बढी सवारी साधन चेक गर्दा ह्‍याण्डब्रेक ठिक नभएका, लाईटहरु दुरुस्त नभएका, टायर धेरै घिस्रिएका लगायत अवस्था ठिक नभएका ४७ ओटा गरी सवारी साधन फेला परेपछी चालकलाई कारबाही गरिएको हो ।


ADVERTISEMENT

# # #


सवारी साधन मर्मत पश्‍चात तोकिएको जरिवाना तिरी ट्राफिक प्रहरीद्वारा नियन्त्रणमा लिएका कागजपत्र फिर्ता दिइने प्रवक्ता राजेन्द्र प्रसाद भट्टले बताए ।

भट्टका अनुसार अवस्था ठिक नभएका सवारी साधन चलाउँदा दुर्घटनाको जोखिम हुने हुनाले सवारी साधनको अवस्था चेकजाँच गरेकाे जानकारी दिए । उनले भने, ‘ दुरुस्त अवस्थामा रहेका सवारी साधन मात्र चलाउन चालकलाई अनुराेध गरेका थिए ।