काठमाडौँ– सनराइज बैंक लि. भक्तपुर शाखाले ‘ग्लोबल मनी विक २०२३’ कार्यक्रम अन्तर्गत ‘प्लान योर मनी, प्लान योर फ्युचर’ नाराका साथ श्री आदर्श आजाद कलेजका विद्यार्थीलाई वित्तीय साक्षरता सम्बन्धि प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।


ADVERTISEMENT


कार्यक्रममा कक्षा ११, १२ तथा स्नातक तहमा अध्ययनरत विद्यार्थीहरुलाई बैकिङ्क प्रणालीका विविध पक्षहरु, बचतको महत्व तथा फाइदा, बैंक खाता एवं कर्जाका प्रकारहरु र त्यसको सदुपयोग लगायत डिजिटल बैकिङ्क सम्बन्धि विविध जानकारीहरु बारे सुचिकृत गरिएको थियो ।


ADVERTISEMENT

# # #


सनराइज बैंक भक्तपुर शाखाका प्रबन्धक नीरज अमात्यका अनुसार यसरी युवाहरुलाई शिक्षित गर्दा वित्तीय सुरक्षामा चनाखो हुने र बचतको बानी बसाल्न सकिने बताए । उनले भने, ‘अहिलेका युवामा वित्तीय साक्षरता आए उनीहरुकाे भविष्य सुनिश्चित हुने हुँदा काराेबार तथा साक्षरता प्रदान गर्न आवश्यक छ ।’

साथै सनराइज बैंक भक्तपुर शाखाले सामाजिक उत्तरदायित्व अन्तर्गत भक्तपुर भगवतीस्थान स्थित श्री बरदायणी आधारभुत विद्यालयलाई साना कक्षाका विद्यार्थीहरुको लागि स्कूल पोशाक तथा अन्य आवश्यक सामाग्रीहरु खरिद गर्नको लागि आर्थिक सहयोग पनि प्रदान गरेको छ ।

विद्यालयको प्रांगणमा गरिएको कार्यक्रममा शाखा प्रबन्धक नीरज अमात्यले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्री बलराम सिंबजारलाई ३० हजारकोे चेक हस्तान्तरण गरेका थिए ।