काठमाडौँ – न्यायका लागि भन्दै महोत्तरीको बर्दिबासबाट पैदल यात्रा गरेर मिटरब्याज पीडितहरु काठमाडौं आइपुगेका छन् ।


ADVERTISEMENT


चैत २ गते महोत्तरीको बर्दिबासबाट हिँडेका उनीहरू चन्द्रनिगाहपुर, हेटौँडा, भीमफेदी र चन्द्रागिरी हुँदै १२औँ दिनमा काठमाडाको खुल्लामञ्च नजिक आइपुगेका हुन् । काठमाडौं आएर खुल्लामञ्चमा बस्न खोजेका उनीहरुलाई काठमाडौं महानगरले भने खुल्लामञ्चको गेटमा नै रोकेको छ ।


ADVERTISEMENT

# # #


खुल्लमञ्च छिर्न नदिएपछि नगर प्रहरी र पीडितहरुबीच ढकेलाढकेल समेत भएको थियो । सो क्रममा उनीहरुले काठमाडौं महानगरका प्रमुख बालेन्द्र शाहबिरुद्ध नारावाजी गरेका थिए । प्रदर्शनमा सहभागीहरुले मिटर ब्याजीलाई कारवाही गर, मिटर ब्याजविरुद्ध कानुन निर्माण गर लगाएतका प्लेकार्ड प्रदर्शन गरेका थिए ।

उनीहरूको समूहमा ७० भन्दा बढी पीडित रहेका छन् । यसपटक आफ्ना मागहरु पुरा नभएसम्म नफर्किने उनीहरुले बताएका छन् ।